Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ढोरपाटन क्लब अस्ट्रेलियाले महिला र पुरुष ढोरपाटन रनिङ कप गर्ने

ढोरपाटन क्लब अस्ट्रेलियाले महिला र पुरुष ढोरपाटन रनिङ कप गर्ने

नेप्लिज डायस्पोरा

८, आश्विन २०८०
images
ढोरपाटन क्लब अस्ट्रेलियाले महिला र पुरुष ढोरपाटन रनिङ कप गर्ने

ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप आयोजना हुने भएको छ ।

एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ असोज १४ गते आइतबार (अक्टोवर १) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई पोलमा विभाजन गरिएको छ ।

पुरुषतर्फ पोल ‘ए’ मा दि गुर्खा स्पोर्ट्स युथ क्लब, म्याग्दी काली युनाइटेड अस्ट्रेलिया, छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए), सनराइज युथ क्लब र जलजला परिवार अस्ट्रेलिया रहेको छ ।

पोल ‘बी’ मा ढोरपाटन क्लब अस्ट्रेलिया, मोना म्याग्दी, गल्कोट समाज अस्ट्रेलिया, पोखरा भलिबल क्लब र गोल्डेन ब्वाइज युथ क्लब अस्ट्रेलियाको सहभागिता रहेको छ ।

महिलामा ढोरपाटन क्लब अस्ट्रेलिया, मोना म्याग्दी र पोखरा भलिबल पोल ‘ए’ मा तथा छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) र म्याग्दी काली युनाइटेड पोल ‘बी’ मा रहेको छ ।

पुरुषतर्फको विजेताले २ हजार ६ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ६ सय ५० अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै महिलातर्फको विजेताले १ हजार ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ५ सय ५० अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिला र पुरुष दुवैतर्फको सर्वाोत्कृष्ट खेलाडीले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुषतर्फको उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र लिवेरोले ट्रफी प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १६:१३:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend