लामो समयसम्म पोर्चुगलको लिस्वनका विभिन्न स्थानमा सडक जिवन बिताउँदै आएका भरतपुर महानगरपालिका–९, चितवनका 'चर्चित चर्चा' (नाम परिवर्तन) स्वदेश फर्किएका हुन् । महाबाणिज्य दूतावासले परिवारको आग्रहमा चर्चितलाई नेपाल फर्काएको हो ।
चर्चितको यात्रा अनुमति पत्रका लागि महाबाणिज्य दूतावासले पेरिस स्थित नेपाली राजदूतावाससँग समन्वय र सिफारिस गरेको थियो । सोही अनुरुप सोमबार उनी स्वदेश फर्किएका हुन् ।
उनी अर्का सडक मानव दिलिप रावललाई कुटपिट गरेकै कारण जेलमा पुगेका थिए । जेलबाट रिहा भएलगत्तै श्रेष्ठलाई महाबाणिज्य दूतावास र गैर आवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष रविन अधिकारी लागी परेका थिए ।
गैर आवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष रविन अधिकारी, आईसीसी बिनु बस्नेत, उपाध्यक्ष सुनील मल्ल ठकुरी, सचिव प्रकाश गजमेर र पत्रकार छविलाल बगालेले पोर्चुगलको राजधानी लिस्बन स्थित एयरपोर्ट गएर बिदाइ समेत गरेका थिए ।
महाबाणिज्य दूतावासका अनुसार हालसम्म कुलतमा फसेका ५ जनालाई यात्रा अनुमति मार्फत नेपाल पठाइसकिएको र अन्य २ जनालाई पनि नेपाल पठाउने तयारी भइरहेको छ ।
पछिल्लो समय पोर्चुगलमा सडक जीवन बिताउने नेपालीको संख्यामा बृद्धि हुँदै गइरहेको छ । यसप्रति नेपाली समाजका अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।