लन्डन। विदेशमा बस्ने नेपाली कलाकारहरुको संस्था ’अन्तरराष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) यूकेको अध्यक्षमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कंडेल निर्वाचिन भएका छन ।
लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौं अधिवेशनले कंडेललाई सर्वसम्मतअध्यक्षमा चुनिएको हो उनी यो संस्थामा यसअघिका दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका थिए। उनी इनास युरोपका वर्तमान सहसंयोजक पनि हुन्।
दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिमा दीपक थापा वरिष्ठ उपाध्यक्ष, सबिना श्रेष्ठ उपाध्यक्ष, सर्वेन्द्र अधिकारी महासचिव, लाल बराली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन्।
कार्यसमिति सदस्यमा अभिषेक गौतम, गोमा खरेल ‘श्रेया’, सुष्मिता थापा, सुनिल न्यौपाने र अमृता पाण्डे चुनिएका छन्।त्यस्तै, संस्थाको प्रमुख संरक्षकमा इनास ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ तथा संरक्षकमा संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्व अध्यक्ष रजनी सुनुवार र निवर्तमान अध्यक्ष विनोद चिपालु मनोनित भएका छन्।
राजन सुवेदी संयोजक तथा आनन्द धरेल र शेखर शर्मा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै पदाधिकारीलाई शपथग्रहण गराएको थियो। इनास यूके संरक्षक एवम् ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष विनोद चिपालु, सल्लाहकार दीपक श्रेष्ठलगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिएका थिए।
यसअघि निवर्तमान समिति अध्यक्ष विनोद चिपालुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो।इनास यूकेका नवनिर्वाचित अध्यक्ष कंडेलले आफ्नो कार्यकालमा नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, वेल्स र इंग्ल्यान्डसहित बेलायतका चारै राज्यमा पहिलोपटक शाखा बिस्तार गरिने जनाएका छन्।