Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

वेलायतमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगका लागि २ लाख पाउण्ड सहयोग संकलन

वेलायतमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगका लागि २ लाख पाउण्ड सहयोग संकलन

नेप्लिज डायस्पोरा

९, आश्विन २०८०
images
वेलायतमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगका लागि २ लाख पाउण्ड सहयोग संकलन

गोर्खा वेलफेयर ट्रष्टका लागि बेलायतमा बिभिन्न माध्यमबाट २ लाख पाउण्ड रकम उठेको छ । 

यहि ट्रष्टको सहयोगका लागि द लन्डन गोर्खा ब्वाइज टिमका चार युवाले १०० किलोमिटर दौडमा सहभागिता जनाएका थिए । क्वीन्स गोर्खा सिग्नल्स् पल्टनद्वारा आयोजित १०० के दौडमा गोरखा जिल्ला गुरूङ समाज यूके आवद्ध युवाहरू प्रशान्त गुरूङ, डेभिड गुरूङ, सुजन गुरूङ र दिवस गुरूङले दौड पुरा गरेका हुन् ।

उनीहरुले दौडमा भाग लिनका लागि द लन्डन गोर्खा ब्वाइज नाम गरी गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म सहभागिता जनाएका थिए । दौडमा सहभागी सबैले गोर्खा वेलफेयर च्यारिटी ट्रष्टका लागि २ लाख पाउन्डभन्दा बढी संकलन गरेको जनाइएको छ ।

दौड क्वीन्स् एलिजावेथ कन्ट्री पार्क पिटर्सफिल्डबाट सुरू भई विभिन्न ९ वटा चेक प्वाइन्ट पार गरी ब्राइटन रेसकोर्समा पुगेर सकिएको थियो ।उक्त दौडमा चार(चार जनाको टिम गरी जम्मा २ सय वटा टिमले भाग लिएका थिए ।

सहभागी टिममध्ये करिब आधा टिमले ४० देखि ६० किमी दुरीभित्र आ–आफ्नो शारीरिक अस्वस्थताका कारण बीचमै दौड छाडेका थिए । द लन्डन गोर्खा ब्वाइजका युवा भने समयसीमाभित्रै दौड पुरा गर्न सफल भए ।समाजका अध्यक्ष गौतम गुरूङको सक्रियतामा द लन्डन गोर्खा व्वाइजले १६०० पाउण्ड बढीको चेक ट्रष्टलाई हस्तान्तरण गरेका छन् । 

images
प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - ०५:३०:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend