पाल्पा २०८० असौज ०६ ।
डा. बमबहादुर थापा जितालीको सभापतित्वमा प्रमुख अतिथि शिव सिंखडा विशेष अतिथि गङ्गा लिगल, वीणा पौड्याल र प्रतिष्ठित गीतकार आनन्द अधिकारीको उपस्थिति तथा ध्रुवराज पौडेल, सूर्यकुमार पण्डित, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, पूर्णदेवी न्यौपाने, कल्पना देवकोटा, कल्पना अधिकारी, बालकृष्ण सुवेदी, राजनविक्रम थापा, हरिप्रसाद घिमिरे आदि कविहरूले जोडदार कविता वाचन गर्नुभयो भनें उपाध्यक्ष ध्रुवराज पौडेलले स्वगत कविता, सचिव वीरबहादुर लोहनीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निरप्रसाद तिमल्सेनाले लेखापरीक्षणको प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको सञ्चालन रामरञ्जन पौडेलले गर्नुभयो । सभापतिबाट धन्यवाद ज्ञापन, कविता वाचनका साथैपाँचौं साधारण सभा सम्पन्न भएको थियो ।
