लन्डन । मानवता प्रवर्धनको लक्ष्यसहित मानवसेवा आश्रमले सेप्टेम्बर ६ तारिखबाट सुरू गरेको बेलायत यात्रामा एक करोड भन्दा बढी रकम उठेको छ ।
नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवसहरूको सहयोग र सद्भाव जुटाउने योजना सहित आयोजना भएको कार्यक्रममा मानवसेवा आश्रमको सेवा सहजताको एक थान एम्बुलेन्स सहित १ करोड बढी सहयोग संकलन भएको छ ।
चितवन स्थायी घर भई कर्नवाल यूके निवासी हेमकान्त सेढाईं र सीता शर्माले एक थान एम्बुलेन्स सहयोगको घोषणा गरेका हुन् । जसमध्ये मानवसेवा आश्रमको नेपालको विभिन्न स्थानमा निर्माण भइरहेको भवनको एक कोठा निर्माण सहयोगका लागि ९ जना उदार मन भएका व्यक्तिले रु. ५,११,१११ का दरले सहयोग गरेका छन् ।
यसरी ५,११,१११ सहयोग गर्नेहरुमा राजु आचार्य, उत्सव विष्ट र खिमलाल खरेल, चन्द्र अर्याल र राधा अर्याल, दीपक ढकाल, अमृत सेढाईं, खिम खत्री, विक्रम भट्टराई र पवित्रा भट्टराई, सुरेश केसी र दयानिधि सापकोटा रहेका छन् ।
यस्तै १४ जनाले रु १,११,१११ रुपैया योगदान गरी मानवसेवा आश्रमको आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरेका छन् ।
यसरी १ लाख ११ हजार १ सय ११ योगदान गर्नेहरुमा समाजसेवी डा. बच्चु कैलाश कैनी, उत्सव विष्ट र खिमलाल खरेल, रामकृष्ण अर्याल, लभ गौतम, प्रकाश कंडेल, प्रकाश श्रेष्ठ, सूर्य हमाल, लाल शिवयोगी, अप्सरा श्रेष्ठ, क्याट यूके, रविन्द्र शर्मा, प्रकाश चन्द्र भण्डारी र कोपिला खड्का भण्डारी, गोकुल खरेल र गोप्यदान छन् ।
यस्तै तुलसी फूयाल, सागर भट्टराई, उत्सव विष्ट र खिमलाल खरेलले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाका लागि मासिक ८ हजार रुपैंया र राजु आचार्यले दुई आमाबुबाको पालनपोषणका लागि मासिक प्रतिव्यक्ति ५ हजार रुपैंया योगदान गर्नेगरी बेसहाराको अभिभावकत्व ग्रहण गरेका छन् ।
मानवसेवा आश्रम सहयोगार्थ मासिक १० पाउण्ड योगदान अभियान अन्तर्गत ४० जनाले सदस्यता लिएका छन् । यो संख्या ३६५ जना पुरयाई कम्तिमा नेपालमा सञ्चालनमा रहेको एक सेवा केन्द्रको मासिक खर्च बेलायतवासी उदारमन भएकाहरुबाट जुटाउने आश्रमका अभिभावक अमृत सेढाईंले बताए । केही मानवताप्रेमी मनकारीले आफ्नो परिचय नखुलाई गोप्यदान समेत गरेका छन् ।