Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मिसेस युनिभर्स २०२३ मा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने

मिसेस युनिभर्स २०२३ मा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८०
images
मिसेस युनिभर्स २०२३ मा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने

अक्टोबरमा फिलिपिन्समा हुने ४६औं मिसेस युनिभर्स २०२३ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् ।

लन्डन फेसन हाउसले आइतबार ‘कोरोनेसन नाइट’ समारोहबीच मिसेस नेपाल युनिभर्स २०२२ की फष्ट रनर अप बुढाथोकीलाई मिसेस नेपाल युनिभर्स २०२३ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन् ।

बुढाथोकीलाई मनिषा डंगोल र मिसेस नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिएका थिए । फिलिपिन्समा हुन गइरहेको ४६औं मिसेस युनिभर्स २०२३ मा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरुको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् ।

उपाधिसंगै बुढाथोकीलाई आगामी अक्टोबरमा हुने प्रतियोगिताका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसहित चुनौती पनि थपिएको छ । तीन वर्षीया छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासंग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवर्धन गर्ने उनको चाहना छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - ०२:२४:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend