Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मंगोसियाबिरूद्ध नेपाली क्रिकेट टिमको किर्तिमानको ओईरो

मंगोसियाबिरूद्ध नेपाली क्रिकेट टिमको किर्तिमानको ओईरो

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८०
images
मंगोसियाबिरूद्ध नेपाली क्रिकेट टिमको  किर्तिमानको ओईरो

नेपालले मंगोलियाविरुद्ध कीर्तिमान बनाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो ।

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । 

नेपाल क्रिकेटमा अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाएको छ । नेपालले अन्तिम १० ओभरमा १ सय ९२ रन बनाएको थियो ।

यसअघि टि२० क्रिकेटमा अन्तिम १० ओभरमा सर्वाधिक रन आइपिएलमा बेंगोरले गुजरात लायन्सविरुद्ध १ सय ७२ रन बनाएको थियो । दक्षिण अफ्रिकाले केहि हप्ता अघि मात्रै अष्ट्रेलियाविरुद्ध अन्तिम १० ओभरमा ओडिआईमा १ सय ७३ रन बनाएको थियो । नेपालले उक्त कीर्तिमान तोडेको छ ।

टि२० कुनै पनि खेलमा १० बलमाथि खेल्दा ५ सयमाथि स्ट्राइक रेटमा रन जोड्ने दीपेन्द्र पहिलो खेलाडी बनेका छन् । दीपेन्द्रको खेलमा ५२० को स्ट्राइकरेट थियो ।

यसअघि टि२० क्रिकेटमा १० बल खेल्दा बढी स्ट्राइक रेट २०१६ मा जिम्बावेको घरेलु टि२० क्रिकेट प्रतियोगितामा माल्कम वालरको नाममा थियो । उनले १० बलमा ३ चौका र ५ छक्कासहित ४३ रनको अविजित इनिङ खेल्दा स्ट्राइकरेट ४३० थियो ।

कुशल मल्लको ३४ बलमा शतक टि२० आई इतिहासकै सर्वाधिक छिटो हो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए ।

दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाएका थिए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि२० आईमा भारतका युवराज सिंहले १२ बलमा २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध जोडेका थिए ।

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो ।

नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ गरि कुल २६ छक्का प्रहार गर्यो । टि२० आईमा कुनैपनि टोलीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का हानेका थिए ।

नेपाल टि२० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि टि२० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो । 

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १५:५५:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend