Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भारतीय मिडियामा नेपाली क्रिकेटरको ठूलो चर्चा

भारतीय मिडियामा नेपाली क्रिकेटरको ठूलो चर्चा

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८०
images
भारतीय मिडियामा नेपाली क्रिकेटरको ठूलो चर्चा

एसियाली खेलकुदको क्रिकेटअन्तर्गत नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनायो । नेपालको उच्च प्रदर्शनलाई लिएर भारतीय मिडियामा ठूलो चर्चा भइरहेको छ ।

मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन), सबैभन्दा ठूलो रन अन्तरको जीत (२७३ रनको), कम बलमा शतक, (कुशल मल्ल, ३४ बल) र कम बलमा अर्धशतक (दीपेन्द्रसिंह ऐरी, ९ बल)जस्ता ४ वटा कीर्तिमान बनाएको थियो । 

जी न्युजले दीपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको कीर्तिमान भंग गरेको समाचारलाई शीर्षक बनाएको छ । दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । यसअघि १२ बलमा शतक हानेको कीर्तिमान युवराजको नाममा थियो । ‘नेपालका दीपेन्द्रसिंह ऐरीले युवराज सिंहले बनाएको ‘फास्टेस्ट फिफ्टिज’को कीर्तिमान तोडेका छन्,’ जी न्युजले लेखेको छ ।

यसैबीच, भारतका ठूला मानिएका सञ्चारमाध्यम (मिडिया)हरूले पनि नेपालले बनाएका कीर्तिमानबारे प्राथमिकतामा राखेर समाचार बनाएका छन् । नेपालले भारतकै द्विग्गज खेलाडीहरूको कीर्तिमान भंग गरेको चर्चा ती सञ्चारमाध्यमहरूले गरेका छन् । नेपाली खेलाडीले भारतका वर्तमान कप्तान रोहित शर्मा र युवराज सिंहजस्ता खेलाडीको कीर्तिमान भंग गरेका छन् । कुशल मल्लले ३४ बलमै शतक बनाएर कीर्तिमान बनाएका थिए । 

बीबीसी हिन्दीले कुशल मल्लले रोहित र दक्षिण अफ्रिकाका डेभिड मिल्नरको विश्व कीर्तिमान जोडेको समाचार बनाएको छ ।

‘नेपाली ब्याटर कुशल मल्लले भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेभिड मिल्नले यसअघि बनाएको ३५–३५ बलमा शतक बनाएको कीर्तिमान ३४ बलमै बनाएर ध्वस्त बनाएका छन्,’ बीबीसी हिन्दीले लेखेको छ । 

आज तकले पनि नेपाली खेलाडीको प्रशंसा गर्दै ‘४ कीर्तिमान ध्वस्त’ शीर्षकमा भिडियो समाचार बनाएको छ । यसका साथै, भारतका प्रायः सबै मिडियाले नेपाली टोली र खेलाडीहरूले टी–२० मा बनाएको तोड्न गाह्रो रहेको विश्लेषणसहित समाचार बनाएका छन् । 

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १७:०५:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend