Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

७ बर्षपछि पाकिस्तानी क्रिकेट टीम भारतमा

७ बर्षपछि पाकिस्तानी क्रिकेट टीम भारतमा

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८०
images
७ बर्षपछि पाकिस्तानी क्रिकेट टीम भारतमा

एकदिवसीय विश्वकप खेल्न पाकिस्तानी क्रिकेट टीम भारत पुगेको छ । पाकिस्तानको टोली बुधबार साँझ भारतको हैदराबाद पुगेको छ ।

पाकिस्तानी क्रिकेट टीमले ७ बर्षपछि भारतीय भूमीमा पाइला टेकेको हो । यसअघि पाकिस्तान २०१६ को टि२० विश्वकपमा भारतमा गएको थियो।

दुई देशबीचको आन्तरिक राजनीतिको कारण एक अर्का देशको भ्रमण गर्दैनन् । त्यसैले यी दुई देशबीच २०१३ पछि कुनैपनि सिरिज भएको छैन । विश्वकप र एसिया कपमा मात्रै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

भारत भने एसिया कप खेल्न अघिल्लो महिना पाकिस्तान जान मानेको थिएन । त्यसैले एसिया कप पाकिस्तान र श्रीलंकामा भएको थियो । पाकिस्तान उपाधिको दाबेदार टोली हो । विश्वकप अघि दुई वार्मअप खेल खेल्नेछ । शुक्रबार न्युजिल्यान्डसँग हैदराबादमा हुने वार्मअप खेलमा दर्शक प्रवेश निषेध गरिएको छ ।

सुरक्षाको कारण दर्शकलाई निषेध गरिएको हो । मंगलबार पाकिस्तानले वार्मअप खेल हैदराबादमा अष्ट्रेलियासँग खेल्नेछ । पाकिस्तानले विश्वकप भने हैदराबादमै ६ अक्टोबरमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादमा हुनेछ ।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - २२:०८:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend