Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बेलायती सैनिकको तालिमका क्रममा नेपाली नविन थापाको निधन, सांसदको प्रश्न

बेलायती सैनिकको तालिमका क्रममा नेपाली नविन थापाको निधन, सांसदको प्रश्न

नेप्लिज डायस्पोरा

१२, आश्विन २०८०
images
बेलायती सैनिकको तालिमका क्रममा नेपाली नविन थापाको निधन, सांसदको प्रश्न

बेलायती सैनिकमा तालिमका क्रममा निधन भएका नेपाली नविन थापाको निधन भएको छ । उनको मृत्युका बारेमा बेलायती सांसदले सदनमा प्रश्न उठाएका छन् ।

सिक्स रेजिमेन्ट द रोयल लजिष्टिक कर्प्समा कार्यरत ३५ वर्षीय थापाको सेप्टेम्बर २१ मा निधन भएपनि बुधबार मात्र बेलायती रक्षा मन्त्रालयले जानकारी दिएको थियो । तर उनको मृत्युको कारण भने केही उल्लेख छैन ।

बीबीसीले हम्बरसाइड प्रहरीलाई उल्लेख गर्दै थापाको निधनको कारण ‘अस्पष्ट’ रहेको बताएको छ । प्रहरीका प्रवक्ताका अनुसार केलीथोर्प भन्ने स्थानमा प्रहरीलाई २१ सेप्टेम्बर दिउँसो १:३० बजे बोलाइएको थियो । थापालाई उपचारका लागि अस्पताल लगिएकोमा केही समयपछि नै मृत घोषित गरिएको थियो ।

प्रहरीले उनको मृत्युको प्रकृति हेर्दा शंकास्पद नरहेको तर अनुसन्धान जारी रहेको बताएको छ । बेलायती संसद हाउस अफ कमन्समा नेपालसम्बन्धी सर्वदलीय संसदीय समितिका संयोजक समेत रहेका इलिङ तथा साउथहलका सांसद बीरेन्द्र शर्माले सामाजिक सन्जालमा बेलायती सेनामाथि प्रश्न गरेका हुन् ।

सांसद शर्माले एक्स (पहिलेको ट्वीटर)मा लेख्दै सेनामा भर्ना हुने र यो देशलाई सुरक्षित राख्नेहरूलाई सुरक्षित राख्नुपर्ने सेनाको नेतृत्वको दायित्व भएको उल्लेख गरेका छन् । नविन थापामगरप्रति श्रद्धान्जलि र परिवारमा समवेदना व्यक्त गर्दै उनले बेलायती सेनामाथि जवाफ दिनुपर्ने गम्भीर प्रश्न तेर्सिएको बताएका छन् ।

सन् २०१९ मा बेलायती सेनामा प्रवेश गरेका थापाले छोटो अवधिमै धेरै प्रगति गरेको मन्त्रालयले जनाएको छ । उनी भलिबल र ब्याडमिन्टन खेलाडी पनि थिए । 

उनी आधारभूत तालिम सकिएपछि वर्दी डाउन विन्चेष्टरमा लजिष्टिक स्पेशलिष्ट तालिमका लागि खटाइएका थिए । सन् २०२० मा उनी योर्कसायरमा खटाइएका थिए । सैन्य सेवाको छोटो अवधिमा उनी साइप्रसमा संयुक्त राष्ट्रसंघको शान्तिसेनामा पनि खटिएका थिए भने कोभिड १९ का क्रममा राष्ट्रिय टोलीमा पनि परेका थिए । यसबाहेक केन्या र ओमानमा पनि उनी पठाइएका थिए । हालै मात्र उनले स्पेनमा तालिम सकाएका थिए ।

वि नेपालीका आधारमा लेखिएको

 

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ०१:५८:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend