Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकी प्राध्यापक लिक्टीलाई नेपाली पुरस्कार

अमेरिकी प्राध्यापक लिक्टीलाई नेपाली पुरस्कार

नेप्लिज डायस्पोरा

१४, आश्विन २०८०
images
अमेरिकी प्राध्यापक लिक्टीलाई नेपाली पुरस्कार

द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ । सोसाइटीले ‘के सही भयो ? नामक नेपालको जलविद्युत विकासमा दिगोपन विरुद्ध परनिर्भरता’ पुस्तकका लेखक प्राध्यापक मार्क लिक्टीलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।

पुरस्कार विजेता प्राध्यापक लिक्टी नेपालको आधुनिक संस्कृति र इतिहासमा अनुसन्धान विशेषज्ञता भएका दक्षिण एसियाली विशेषज्ञ हुन्। उनी अमेरिकाको शिकागोस्थित इलिनोय विश्वविद्यालयमा मानवविज्ञान र इतिहास विभागका प्राध्यापक हुन्।

उनको प्राध्यापन विश्व इतिहास, दक्षिण एसियाली औपनिवेशिक इतिहास, संस्कृति सिद्धान्त, युवा संस्कृतिहरूमा केन्द्रित हुने गर्छ ।

सोसाइटीले गत वर्ष नेपालबारे अंग्रेजीमा प्रकाशित कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गर्ने गरि प्रा. सुवेदीको नाममा वार्षिक पुरस्कार स्थापना गरेको थियो । संसारभरबाट नेपालसम्बन्धि प्रकाशित पुस्तकले उक्त पुरस्कार पाउन सक्छन् ।

प्राध्यापक सुवेदीले नेपालबारे सकारात्मक सन्देश दिने पुस्तकका लेखकलाई आफ्नो नाममा स्थापित पुरस्कार दिइएकोमा खुशी व्यक्त गर्दै विजेतालाई बधाइ दिएका छन् ।

संस्कृतका विद्वान हेनरी टमस कोल्ब्रुकले सन् १८२३ मा स्थापना गरेको सोसाइटीले यस वर्ष (सन् २०२३ मा) आफ्नो स्थापनाको २०० औं वर्षगाँठ मनाउँदै छ। नोबेल पुरस्कार विजेता भारतीय कवि रबिन्द्रनाथ टेगोर, प्राचीन ‘सिल्क रोड’ पत्ता लगाएका प्रसिद्ध पुरातत्वविद् सर अरियल स्टेन तथा ‘कामसूत्र’ लाई अंग्रेजीमा अनुवाद गर्ने विद्वान सर रिचार्ड बर्टन उक्त सोसाइटीका सदस्य रहिसकेका छन्।

images
प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १६:५९:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend