ब्राजिलको एमेजोन क्षेत्रमा उच्च तापक्रमका कारण लेक टेफेमा एक सय भन्दा बढि डल्फिन मृत अवस्थामा फेला परेका छन । उच्च गर्मीका कारण पानी तातो हुँदा भकाभक डल्फिनहरु मरेका छन । करिव एक सातामा एक सय भन्दा बढि डल्फिनको मृत्यु भएको बताइएको छ ।
यो क्षेत्रको तफक्रम एक सय दुई फरेनहाइट पुगेको र सुख्खा निकै बढेकाले त्यसको असर डल्फिनमा परेको बताइएको छ । ब्राजिलको बिज्ञान मन्त्रालयलेका अनुसार एमेजोनमा सुख्खा हुँदाको असर परेको बताइएको छ ।
विश्वमा सबैभन्दा धेरै पानी पर्ने मानिएको एमेजोनमा यतिबेला सुख्खा सिजन चलिरहेको छ । त्यसका कारण केहि पानीका मुहानहरु सुकेको बताइएको छ । यस्तै उच्च गर्मीका कराण यो क्षेत्रमा पानी पर्नपनि कम भएको छ ।
अनुसन्धानकर्ता र सम्बन्धित पदाधिकारीहरुले त्यो ठाँउमा जिउदो रहेका डल्फिनहरुलाई अर्को स्थानमा सार्नका लागि प्रयास गरिहरेका छन । तर त्यसमा पनि त्यो ठाँउ निकै दुर्गम भएकाले गाहे रहेको बताइएको छ ।