Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपालकी सन्दीपालाई अमेरिकामा २ स्वर्ण

नेपालकी सन्दीपालाई अमेरिकामा २ स्वर्ण

नेप्लिज डायस्पोरा

१५, आश्विन २०८०
images
नेपालकी सन्दीपालाई अमेरिकामा २ स्वर्ण

नेपालकी सन्दीपा अम्गाईले २३ औँ ग्लोबल ओपन कुकिवन कपमा दोहोरो स्वर्ण पदक जित्नुभएको छ ।

अमेरिकाको नर्थ क्यारोलिना स्मिथफिल्डमा भएको प्रतियोगिताअन्तर्गत फेस्टिभ ट्राडिसनल पुम्से इन्डिभिजुयल १८–३० उमेर समूहमा स्वर्ण पदक जित्नुभयो । अमेरिकाकै माडेलिन यियुङलाई हराएर सन्दीपा च्याम्पियन बन्नुभएको हो ।

सन्दीपाले १८–३० उमेर समूहअन्तर्गत नै ब्लयाकबेल्ट पावर ब्रेकिङ टर्निङ ब्याक किक इभेन्टमा पनि स्वर्ण पदक हासिल गर्नुभयो । सो इभेन्टको फाइनलमा सन्दीपाले बोलिभियाकी खेलाडीलाई हराउनुभएको हो ।

कुकिवनका अध्यक्ष ग्रान्डमास्टर डोङ सुप लिबाट उद्घाटन भएको सो प्रतियोगितामा ६९८ खेलाडी र ३७ रेफ्रीको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - ०५:२७:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend