एनआरएनएको आसन्न महाधिवेशनमा मध्यपुर्व संयोजकमा राजेन्द्र अर्याल जोनले पुन: उमेद्वारी दिने भएका छन् ।अर्यालले नेप्लिज डायस्पोरासंगको कुराकानीमा उक्त जानकारी दिएका हुन् ।
अर्याल अहिले पनि सोही पदमा सक्रिय छन् ।
नेपालमा पाल्पा घर भई हाल साउदी अरबमा व्यवसाय गर्दै आएका राजेन्द्र अर्याल’जोन’ले छ बुदे घोषणा पत्र पनि जारीगरेका छन् ।
हाल मध्यपुर्व संयोजकको भूमिका निर्वाह गर्दै आएका अर्यालको चाहनालाई मध्यपुर्ववासी नेपालीले स्वभाविक र सकारात्मक रुपमा समेत लिएको बुझिएको छ ।
एनआरएनए साउदीमा स्थापनादेखी नै सक्रिय अर्यालले संघमा शालिन, क्षमतावान र कर्मशील अभियन्ताको छवि बनाउदै आएका छन । उनी एनआरएनए साउदीको संस्थापक सदस्य लगायत विभिन्न पदमा रहेर एक कार्यकाल सफल मध्यपुर्व संयोजक भएर आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन ।
अर्यालकै कार्यकालमा एनआरएनएको क्षेत्रीय बैठक ओमानमा भब्य कार्यकम गरेर सम्पन्न गराएको जस जान्छ । उनले उक्त सम्मेलन मार्फत एनआरएनएको मुद्दाहरूलाई संस्थागत गर्दै सम्बधित निकायमा सम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेका थिए ।
संघलाई विश्वभरका नेपालीको साझा सँस्थाको रुपमा अघि बढाउन, गैर आवासिय नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्दता, पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने बाताबरण जुटाउन पहल गर्ने, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको सुनिस्चिता लगायतका बुँदाहरु अर्यालले चुनावी एजेण्डामा अघि सारेका छन ।
अर्याललाई निर्विरोध मध्यपुर्व संयोजक बनाउन एनआरएनए अभियन्ताहरु सकृय रहेका छन । मध्यपुर्वका सबै एनसिसीहरुमा निर्विरोध नयाँ नेतृत्व चयन भएकाले क्षेत्रिय संयोजक पनि निर्विरोध चयन हुने मध्यपूर्वका पुराना एनआरएनए अभियन्ताहरु बताउछन
मध्यपूर्व संयोजक पदका उम्मेदवार अर्यालको घोषणा पत्र निम्न रहेको छ :
घोषणा पत्र:
१) राहत तथा उद्वार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरुलाई पुन:स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला संग समन्वय गर्नेछु ।
२) बैदेशिक रोजगार ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न/गराउन सरोकारवालाहरु संग पहल गर्नेछु ।
३) सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पूर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्नेछु ।
४) अन्य सामाजिक संघ/संस्थासंग मिलेर सहकार्य गर्नेछु ।
५) अन्तर्राष्ट्रिय समन्वय परिषद र मध्यपूर्वका एनसिसिहरुसंग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्नेछु ।
६) मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्नेछु ।