असोज १३ शनिबार, पाल्पा ।
साहित्यिक चौतारी नेपाल, लुम्बिनी प्रदेशले
सदस्यता वितरण, समिति विस्तार एवम रचना वाचन कार्यक्रम बुटवलको चिया चौतारीको सभा हलमा भव्यतापूर्वक सम्पन्न गरेको छ । देशभर रहेका साहित्यिक सर्जकहरूलाई गोलबद्ध पार्दै सिर्जना पस्कने र परिष्कृत पार्दै साहित्यको समृद्धिमा गरेको योगदानबारे कार्यक्रमका प्रमुख अतिथि रहेका केन्दीय महासचिव रामप्रसाद सुवेदीले बताउनुभयो । साहित्यिक चौतारीले देशभरमा हालसम्म ३९ वटा शाखा विस्तार गरेको र नियमित साहित्यिक कार्यक्रमहरू चलाउँदै आएको कुरा बताउनुभयो । सस्थाका केन्दीय सदस्य गोमविक्रमले सस्थाबाट सामाजिक कार्यहरू जस्तो कोरानाको कहर, भूकम्पको बेला तथा विदेशमा रहेका नेपालीहरूलाई विभिन्न तवरबाट ४० लाखभन्दा बढी सहयोग गरेको छ । तणयसै गरी आर्थिक समस्या झेलिरहेका संस्थाका कटिबद्ध सदस्यहरू वा साहित्यिक प्रतिभालाई सपोर्ट गर्ने कार्यक्रम बनाउन लागेको समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नवपदाधीकारीहरूलाई सदस्यता प्रमाण-पत्र वितरण तथा प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रतिभालाई साहित्यिक रचनाको बारेमा संस्थाका सल्लाकार तथा साहित्यकार रामचन्द्र श्रेष्ठले बताउनुभयो । कार्यक्रममा साहित्यिक श्रष्ठा दिपक अपरिवर्तन, रिता खनाल, सागर केसि, मिरा ज्ञवाली, सुनिता केसी, संजय घिमिरे, मिना बस्याल, गोमविक्रम र केन्दिय कोषाध्यक्ष कमला भण्डारी ढकालले मुक्तक, गजल, कविता, लघुकथा इत्यादि सुनाएर साहित्यिक माहौल बनाउनु भएको थियो ।
शाखाकी सचिव रमा जैसीको संचालनमा र शाखाको नवनिर्वाचित अध्यक्ष डि.आर न्यौपाने सूर्य को अध्यक्षतामा सम्पन्न भएको हो ।