Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मलाई थाहा छ - सहदेव कोईराला

मलाई थाहा छ - सहदेव कोईराला

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८०
images
मलाई थाहा छ - सहदेव कोईराला

मलाई थाहा छ
उ सारै घमण्डी छ
तर के को घमण्ड हो
त्यो पटक्कै थाहा छैन
मलाई थाहा छ
मैले माया लाएकै छ
तर किन लाए
त्यो चॅाहि थाहा छैन
मलाई थाहा छ
हिडदा दाहिने देब्रे दूबै खुट्टा चल्छन
तर कुन पाउ पहिले चल्यो
त्यो अहिले सम्म थाहा छैन
मलाई थाहा छ
त्यहॅा थुप्रै अदृस्य प्रस्नहरू छन
तर ती प्रस्नहरूको उत्तर
नभेटि अघि बढनुको अर्थछैन
मलाई स्पस्ट थाहा छ
एक दिन सबैले मर्न पर्छ
तर मृत्यु अपरिहार्य भन्दैमा
अकालमै खुट्टा उठाउने कुरा आउदैन।
मलाई राम्ररी थाहाछ
रामणको घमण्ड चकनाचुर अनि
श्री रामचन्द्र कै विजय यात्रा भॅाछ।
मलाई यो पनि थाहाछ
दुविधा भयो भने सुबिधा प्रयोग गर्नु पर्छ
तर सुबिधाको दुरूपयोग गर्नुहुदैन।
बस यत्ति नै
मलाई थाहाछ।

हाल: अमेरिका

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - ०८:३६:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend