Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एसियाडमा कबड्डीले बचायो नेपालको इज्जत

एसियाडमा कबड्डीले बचायो नेपालको इज्जत

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८०
images
एसियाडमा कबड्डीले बचायो नेपालको इज्जत

चीनमा जारी १९ औं एसियाली खेलकुदमा नेपालले एक काश्य पदक पक्का गरेको छ ।

नेपालले महिला कबड्डीमा कम्तिमा काश्य पदक पक्का गरेको हो । पहिलो सहभागितामै महिला कबड्डिले नेपाललाई पदक दिलाउन सफल भएको छ ।   

समुह बी मा इरानले बंगलादेशलाई पराजित गरेपछि नेपालले सेमिफाइनलमा स्थान बनाउँदै पदक पक्का गरेको हो । बुधबार बिहान भएको खेलमा इरानले बंगलादेशलाई ५४–१६ ले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

समुह बी मा इरान समुह विजेता र नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका छन् । 

नेपालले पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेको थियो भने दोस्रो खेलमा इरानसँग ४३–१९ ले पराजित भएको थियो । 

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - १७:२१:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend