Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

करण र सोमपाललाई ५-५ लाख

करण र सोमपाललाई ५-५ लाख

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८०
images
करण र सोमपाललाई ५-५ लाख

आईएमई पेले राष्ट्रिय क्रिकेटर सोमपाल कामी र करण केसीलाई प्रायोजन गरेको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरे आईएमई पेले तिव्र गतिका दुई बलर सोमपाल र करणलाई एक वर्षका लागि प्रायोजन सम्झौता गरेको हो । 

सम्झौता अनुसार आईएमई पेले दुवै खेलाडीलाई वर्षको समान ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौताको अवधि एक वर्षको लागि रहेको छ । दुवै खेलाडी एसियन गेम्समा सहभागी भएर बिहीबारमात्र नेपाल फर्किएका हुन् ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार आईएमई पेसँग दुई वर्षको रणनीतिक साझेदारको रुपमा सम्झौता गरेको छ ।

सम्झौता अनुसार दुई वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटको टिकेटिङ पार्टनरको रुपमा आईएमई पेमात्र हुनेछ । 

सोही सम्झौता अनुसार आईएमई पेले दुई खेलाडीलाई एक वर्षका लागि प्रायोजन गरेको हो । दुवै खेलाडीले लामो समयदेखि नेपालको राष्ट्रिय क्रिकेट टिममा योगदान दिदै आएका छन् । फास्ट बलर सोमपाल पछिल्लो समय क्रिकेट टिममा अलराउण्डरको भुमिका निर्वाह गर्दै आएका छन् ।

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १७:०५:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend