वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले खाडी मुलुकमा घरेलु कामदारमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गरेको छ ।
२०७२ सालदेखि महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लागेको थियो । त्यसपछि विगत ८ वर्षदेखि श्रम स्वीकृति लिएर कुनै पनि महिला श्रमिक घरेलु कामदारको रूपमा जान पाएका छैनन् । तर, अवैध बाटो हुँदै भने हजारौँको सङ्ख्यामा महिलाहरू ती मुलुक घरेलु कामदारको रूपमा पुगेका छन् ।
२०६७ सालदेखि २०७१ सालसम्म व्यक्तिगत श्रम स्वीकृति लिई घरेलु महिला कामदार गएको देशहरू कुवेत, ओमान, युएई, कतार, बहराइन लगायतका मुलुकमा प्रतिबन्धपछि पनि महिलाहरू गइरहेको उनको भनाई छ ।
नेपाली महिलाहरूले विदेशमा गई काम गर्न पाउने संवैधानिक अधिकार समेत रहेको भन्दै राज्यले प्रतिबन्ध लगाएर लैङ्गिक विभेद देखाएको मञ्चको ठहर छ ।
प्रतिबन्ध फुकुवा गर्दा अवैध र गैर कानुनी प्रक्रियाबाट घरेलु महिला कामदार विदेश जानु जोखिमपूर्ण र असुरक्षित हुने भन्दै वैधानिक बाटोबाट पठाउँदा सुरक्षित हुने उनको भनाई छ । जसले गर्दा जाने कामदार र राज्यलाई समेत आर्थिक रूपले समेत फाइदा पुग्ने बताए ।
खाडी मुलुकमा गैर कानुनी रूपमा गएका नेपाली घरेलु महिला कामदारहरूको सङ्ख्या १ लाख २५ हजारको हाराहारीमा रहेको भनाई छ ।