Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

रसियामाथिको प्रतिबन्ध फिफाद्वारा फुकुवा

रसियामाथिको प्रतिबन्ध फिफाद्वारा फुकुवा

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८०
images
रसियामाथिको प्रतिबन्ध फिफाद्वारा फुकुवा

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। प्रतिबन्ध फुकुवा गर्दै फिफाले रुसको यु-१७ महिला र पुरुष टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पनि अनुमति दिएको छ ।

युएफाले रुसको युवा टोलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको एक सातापछि फिफाले यस्तो निर्णय गरेको हो । 

रुसको सट्टा फुटबल युनियन अफ रसियाको नामसहित उनीहरूको राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय टोलीको किट र उपकरण तथा तटस्थ रंगसहित प्रतिस्पर्धामा उत्रिन दिने फिफाको निर्णय छ । सर्तसहित प्रतिबन्ध फुकुवा गरिएको फिफाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रुसले युक्रेनमा आक्रमण गरेपछि रुसी टोलीलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको थियो ।

युएफाले फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँको फुटबललाई निलम्बन गर्ने निर्णय गरेको थियो । अहिले यो निर्णयसँगै रूसी यू-१७ टोली पुन: युएफाद्वारा आयोजित प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भएको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - १८:०४:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend