Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अवकास पाउँदा १८ वर्ष ननाघेका गोरखाका छोराछोरी बेलायत जान पाउने

अवकास पाउँदा १८ वर्ष ननाघेका गोरखाका छोराछोरी बेलायत जान पाउने

नेप्लिज डायस्पोरा

२०, आश्विन २०८०
images
अवकास पाउँदा १८ वर्ष ननाघेका गोरखाका छोराछोरी बेलायत जान पाउने

बेलायत सरकारले अध्यागमनसम्बन्धी कानुनमा थप व्यवस्था गर्दै सन् १९९७ जुलाई १ भन्दा अघि अवकास पाएका तर उनीहरुले अवकास पाउँदा १८ वर्ष ननाघेका गोरखाका छोराछोरीलाई बेलायत आउन दिने प्रावधान राखेको छ ।

बेलायतको गृह मन्त्रालयले हिजो विहीबार जारी गरेको नियमअनुसार सन् १९९७ जुलाई १ अघि सेवाबाट अवकास पाएका गोरखाहरु अहिले जीवित नरहे पनि उनीहरुका छोराछोरीहरुले पनि यस्तो आवेदन दिन पाउने छन् ।

यसरी आवेदन गर्नका लागि केही शर्तहरु भने राखिएका छन् । जसमा पिता सेवाबाट अवकास पाउँदा छोराछोरीको उमेर १८ वर्ष नाघेको हुन नहुने, आमाबाबासित एकाघरमा बसेको हुनु पर्ने, आमाबाबासित पढाइबाहेक अरु कारणले दुई वर्षभन्दा बढी अलग भएको हुन नहुने, बाबाआमासित आश्रित नभई आफ्नै जीवन जिइरहेको हुन नहुने लगायत छन् ।

यो मापदण्डभित्र परेका गोरखा भूतपूर्व सैनिकका छोराछोरीहरुले नेपाल तथा बेलायतमा आवेदन दिन सक्ने बताइएको छ । बेलायतबाट आवेदन दिएकाहरूले अध्यागनसम्बन्धी कानुन उल्लंघन गरेको हुन नहुने बताइएको छ तर भिसामा तोकिएको अवधिभन्दा लामो समय बसेको अवस्थामा त्यसलाई उल्लंघन नठानिने पनि उल्लेख छ ।

यसअघि सन् २०१३ मा बेलायतको गृह मन्त्रालयविरुद्ध घिसिङले दिएको मुद्दामा नै गोरखाहरुलाई अवकास हुने बित्तिकै बेलायतको आवासीय भिसा दिइएको भए उनीहरुका छोराछोरी १८ वर्ष नाघेका हुने थिएनन् भनेर घिसिङ पक्षका वकिलहरुले गरेको बहसमा न्यायाधीश सहमत भएका थिए । तर त्यसलगत्तै बेलायतको संसदमा गोरखाहरुका बारेमा गठित सर्वदलीय संसदीय टोलीले विभिन्न प्रावधान राख्दै गोरखा भूतपूर्व सैनिकका ३० वर्ष मुनीका सन्तानलाई बेलायतको आवासीय भिसा दिन सुझाव दिएको थियो । फेरि २०१७ मा राईले बेलायतको गृह मन्त्रालयविरुद्ध दिएको मुद्दामा गोरखाहरुको सन्ततिको सवालमा उमेरको हदबन्दी कायम हुन नहुने फैसला भएको थियो ।

images
प्रकाशित मिति :आश्विन २०, २०८० शनिवार - ०६:३६:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend