Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

राष्ट्रिय झण्डा सहित बर्लिन म्याराथनमा पुगेका रमन

राष्ट्रिय झण्डा सहित बर्लिन म्याराथनमा पुगेका रमन

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
राष्ट्रिय झण्डा सहित बर्लिन म्याराथनमा पुगेका रमन

नेपाली रनर रमन सुबेदीले राष्ट्रिय झण्डा सहित बर्लिन म्याराथन पुरा गरेका छन् । दौडमार्फत देश चिनाउने अभियान अन्तर्गत रमनले बर्लिन म्याराथनमा सहभागी भएका हुन् । 

बर्लिन म्याराथन विश्वकपको उत्कृष्ट ६ मध्य चौथों नम्बरको म्याराथन प्रतियोगिता हो । सेप्टेम्बर २४ मा सम्पन्न भएको बर्लिन म्याराथनले ४९ औं संस्करण पुरा गरेको छ । यसलाई प्लाटिनम स्तरको म्याराथनको रुपमा विश्वभर लिने गरिन्छ । 

विश्वभरका १ सय ५६ देशमा ४८ हजार धावक बर्लिन म्याराथनमा सहभागी भएका थिए । बर्लिन म्याराथनको यस संस्करणमा पुरुषतर्फ एलिउड किपचोगे र महिलातर्फ टाइगस्ट अस्सेफा विजयी बनेका थिए । 

रमन नेपालको राष्ट्रिय झण्डा सहित अन्तराष्ट्रिय म्याराथनका प्रतियोगितामा सहभागी हुँदै आएका छन् । बर्लिन म्याराथन पुरा गरेर उनी अहिले लिस्बोन म्याराथनमा सहभागी हुन पोर्चुगलमा छन् । 

रमन यसअघि भारत र युएईमा आयोजित म्याराथनका इभेन्टमा सहभागी हुदै आएका थिए । पोर्चुगलबाट फर्किएर उनले लण्डन म्याराथनको तयारीमा आफु जुट्ने बताए । 

‘दौड मेरो प्यासन हो । राष्ट्रिय झण्डा बोकेर अन्तराष्ट्रिय स्तरका यस्ता म्याराथनमा सहभागी हुदाँको मज्जानै बेग्लै हुन्छ ।’ उनले भने, ‘दौड स्वास्थ्यका लागि हो । यसले राष्ट्र चिनाउन नि काम गर्ने रहेछ ।’

 

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - ००:४६:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend