Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

हमासको आक्रमणमा परेका घाइते विद्यार्थीको भावुक सन्देश– मेरो घरमा आमाको औषधि गरिदिनु है

हमासको आक्रमणमा परेका घाइते विद्यार्थीको भावुक सन्देश– मेरो घरमा आमाको औषधि गरिदिनु है

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
हमासको आक्रमणमा परेका घाइते विद्यार्थीको भावुक सन्देश– मेरो घरमा आमाको औषधि गरिदिनु है

 

विशन क्षेत्री

 

पोखरा । शनिबार बिहान इजरायली समयअनुसार करिब ८ हमास विद्रोहीले अचानक आक्रमण गर्दा घाइते भएका ९ जनाविद्यार्थीहरु नेपालको पश्चिम क्षेत्रका रहेको खुलेको छ ।

 

उनीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । एनआरएनए आइसीसी इजरायलका अध्यक्ष श्रीकृष्णभण्डारीले ती विद्यार्थीहरु पश्चिम क्षेत्रका रहेको बताए ।  इजरायलको दक्षिणी क्षेत्रमा १७ जना विद्यार्थी सोही कार्यक्रमअन्तर्गत कार्यरत थिए । 

 

 

ती मध्ये ९ जना विद्यार्थीहरु घाइते भएको जानकारी आफूले पाएको उनले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीररहेको जानकारी आफूले पाएको उनले बताए । उनका अनुसार हमास विद्रोहीले शनिबार बिहान अचानक आक्रमण गरेकाथिए । मोटरसाइकल र ग्लाइडरबाट उनीहरु इजरायल छिरेको र बमबारी गरेको बताइएको छ ।

इजरायलमा रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट त्यहाँको अवस्थाबारे जानकारी गराएका छन् ।  त्यहाँ रहेका एकनेपाली युवाले घाइते भएका र रक्ताम्य अवस्थामा रहेका विद्यार्थीको भिडियो सार्वजनिक गरेका छन् ।

त्यस्तै एकजना विद्यार्थीले भिडियोमार्फत् भावुक सन्देश दिएका छन् । उनले भनेका छन्, “मेरो घरमा आमाको औषधिगरिदिनु है, सबैले ।” त्यस्तै धेरै नेपालीहरुले सुरक्षित रहन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाटै उनीहरुले नेपालीविद्यार्थीहरुको चाँडो उद्धार गर्न आग्रह पनि गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयले पनि शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै ९ जना घाइते भएको र तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको पुष्टि गरेको छ ।

समाचार श्रोत: बाह्रखरी डटकम

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - ०२:२०:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend