नेपस्टार डिएफ़डब्लुको आयोजनामा हुन लागेको दशैं कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ।
दशैं कप भलिबल टुर्नामेन्टको मुख्य प्रायोजक रियल्टर तथा संचारकर्मी सुर्य थापा र कर्मा मोर्गेजका अनिल पुडासैनी रहनु भएको छ। खेल आयोजना हुने पार्क वरपर पार्किंगको व्यवस्था नभएकोले नजिकै रहेको पकेट रेस्टुरेन्ट तथा सपोर्ट बारको पार्किङ्ग वा रस नामक पसल वा अल्दीको पार्किङ्गमा पार्क गर्न सकिने आयोजकहरुले जानकारी गराएका छन्। सकेसम्म कारपुल सुबिधा प्रयोग गर्न पनि सुझाइएको छ। स्मरण रहोस यो बर्षको दशैं अक्टोबर २४ तारिक मंगलबार रहेको छ।