लन्डनस्थित द ओभलमा क्रिकेट ग्राउण्डमा नेपालीले आउँदो २०२४ जुनमा माया इभेन्ट्सले ‘टी टेन क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।
ओभललाई सरे काउन्टी क्रिकेट क्लबको घरेलु मैदान मानिन्छ । करिब एक लाख दश हजार पाउन्ड अर्थात एक करोड ८० लाख अनुमानित खर्च लाग्ने आयोजक माया इभेन्ट्स तथा माया सपोर्टेड लिभिङ लि का निर्देशक राज पाण्डेले बताए । उक्त क्रिकेट खेल नेपालीको निजीपहलबाट गरिएको हालसम्मकै सबैभन्दा ठुलो र खर्चिलो प्रतियोगिता हुनेछ ।
नेपाल र विदेशमा रहेका अन्तर्राष्ट्रिय खेलाडी र विदेशी खेलाडी गरी ६ वटा टिम किया ओभल स्टेडियममा खेल्नेछन् ।
नेपाली क्रिकेट खेलाडी र बेलायतबीच सम्बन्ध कायम गरेर नेपाली क्रिकेटलाई थप मजबुत बनाउँदै खेलाडीको मनोबल बढाउने उद्देश्यले ‘टी टेन क्रिकेट प्रतियोगिता’ गर्न लागिएको पाण्डेले बताए । क्रिकेट खेललाई बेलायतमा थप सशक्तीकरण गर्नको लागि आवश्यक सहयोग गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा आफूले कुरा राखेको उनले बताए ।