Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

इजरायलमा आक्रमणमा बेपत्ता बनेका १२ नेपालीमध्ये एकजना सम्पर्कमा

इजरायलमा आक्रमणमा बेपत्ता बनेका १२ नेपालीमध्ये एकजना सम्पर्कमा

नेप्लिज डायस्पोरा

२१, आश्विन २०८०
images
इजरायलमा आक्रमणमा बेपत्ता बनेका १२ नेपालीमध्ये एकजना सम्पर्कमा

हमासले शनिबार बिहान इजरायलमा आक्रमण गरेपछि सम्पर्कविहीन बनेका १२ नेपालीमध्ये एकजना आइतबार सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका व्यक्ति दाङको दंगीशरण गाउँपालिका–३ का २३ वर्षीय प्रविण डाँगी हुन् ।

उनी सोरोका मेडिकल सेन्टरमा उपचार गराइरहेको अवस्थामा भेटिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले जानकारी दिए ।

सम्पर्कविहीन अरू ११ जनाको खोजीकार्य भइरहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । इजरायलमा हाल २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू अध्ययगन गर्न गएका हुन् ।

अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

किवुज अलुमिम स्थानमा अध्ययनरत १७ नेपालीमध्ये दुईजना सकुशल रहेका, स्थानीय अस्पतालमा तीन घाइतेको उपचार भइरहेको थियो । 

images
प्रकाशित मिति :आश्विन २१, २०८० आइतवार - १७:५१:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend