Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

इजरायल–हमास संघर्षको मारमा ४५ सय नेपाली

इजरायल–हमास संघर्षको मारमा ४५ सय नेपाली

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८०
images
इजरायल–हमास संघर्षको मारमा ४५ सय नेपाली

 

इजरायल र हमासबीच युद्ध जारी छ । दुवैतर्फ गरी अहिलेसम्म ७ सयभन्दा बढी मारिएका छन् भने हजारौँ मानिस घाइते भएका छन् । इजरायलतर्फ ३ सयभन्दा बढी र प्यालेस्टाइनतर्फ ४ सयभन्दा बढी मानिसको मृत्यु भएको इजरायली अखबार जेरुसलेम पोस्टले लेखेको छ । 

 

हिजो शनिबार बिहान हमासले गरेको आक्रमणमा दक्षिणी इजरायलमा केही नेपाली विद्यार्थी पनि घाइते भएका छन् ।यसबाहेक अन्य कुनै पनि ठाउँमा नेपाली समुदायलाई कुनै नोक्सानी भएको खबर छैन ।

कति छन् इजरायलमा नेपाली ? 

 

परराष्ट्र मन्त्रालयका अनुसार, इजरायलमा हाल ४५ सय नेपाली श्रमिक केयर गिभरका रूपमा कार्यरत छन् । अनौपचारिक तथ्याङ्कअनुसार भने योभन्दा तेब्बर बढी संख्यामा नेपालीहरू इजरायलमा काम गर्छन् । 

इजरायलका विभिन्न शहरमा बसेर अध्ययनरत विद्यार्थीको संख्या २ सय ६५ छ । उनीहरू इजरायल सरकारको सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायल पुगेका हुन् । 

 

यसरी जानेहरूमा कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । 

 

सुदूरपश्चिम विश्वविद्यालयका १७ जना

२ सय ६५ मध्ये पनि सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ इजरायल पुगेका छन् । यीमध्ये १७ जना विद्यार्थी दक्षिणी इजरायलको किबुज अलुमिम क्षेत्रमा रहेको कृषि फार्मका काम गर्दै पढ्छन् । 

 

तेलअभिभस्थित नेपाली दूतावासका अनुसार, विवादित गाजा नजिकै रहेको किबुज क्षेत्रमा हमासले आक्रमण गरेकाले केही नेपाली विद्यार्थी घाइते भएका छन् । १७ मध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार भइरहेको, १२ जना मध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । इजरायलमा भएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको पनि मन्त्री साउदले बताए । 

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - ०१:०३:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend