Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

चार्म सिटी एतीज टी-१० क्रिकेटको उपाधि साथीलाई, नरेश सर्वोत्कृष्ट खेलाडी

चार्म सिटी एतीज टी-१० क्रिकेटको उपाधि साथीलाई, नरेश सर्वोत्कृष्ट खेलाडी

रोशनबहादुर सिंह

२२, आश्विन २०८०
images
चार्म सिटी एतीज टी-१० क्रिकेटको उपाधि साथीलाई, नरेश सर्वोत्कृष्ट खेलाडी

चाम्स सिटी यतीजको आयोजनामा भएको दशै कप टी १० क्रिकेट प्रतियोगिताको उपाधि साथी क्रिकेट क्लबले जितेको छ । फाइनलमा मेरिल्याण्ड क्रयाबलाई तीन रनले पराजित गर्दै उपाधि जितेको हो ।

निकै नै रोमाञ्चक बनेको फाइनलमा पहिले ब्याटिङ गरेको साथीले १० ओभरमा नौं विकेट गुमाउँदै मात्र ३९ रन बनाएको थियो । उसका सुमीर श्रेष्ठबाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । साथीले १७ रन हुँदा पहिलो विकेट गुमाएको थियो । ओपनर सुमीर श्रेष्ठ ११ रनमा आउट भए । त्यसपछि साथीको स्कोर १७ रन हुँदा नै दोस्रो विकेट गुम्यो । उसका अजय विश्वकर्मा खाता खोल्न नपाउँदै पेभेलियन फर्किए । त्यसलगतै आयुष कार्कीपनि खाता खोल्न नपाउँदै आउट भएपछि साथीको टप अडर ध्वस्त भएको थियो । 

साथीका कुशल पोखरेल मात्र दुई रनमा आउट भएपछि साथीले २२ रनमा चार विकेट गुमायो । त्यसको लगत्तै साथीले २५ रनमा पाँचौं विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको साथी अन्तमा ३७ रनमा आउट भयो । 

उसका लागि नरेश केसी चारमा आउट भए भने सिजन भण्डारी दुई तथा सुमन क्षेत्री तीन रनमा आउट भए । यस्ते आयुष खड्ले एक रन बनाए भने अर्जुन थापा दुई रनमा आउट भए । साथीका लागि सुमन अधिकारीले ६ रन बनाए । बलिङमा क्रयाबका लागि आशिष जोशीले दुई ओभरमा पाँच रन दिएर दुई विकेट लिए भने अनसुन शाहीले दुई ओभरमा ११ रन दिएर दुई विकेट लिए । यस्तै बिपिन कार्कीले एक विकेट लिए । 

जवाफमा क्रयाब नौं ओभरमा ३६ रनमा अलआउट भयो । उसका लागि पनि एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा अनील थापाले ११ रन बनाउनु बाहेक अरु खेलाडी एकोहोरो रुपमा आउट भए । 

क्रयाबले हातमा रहेको खेललाई गुमाउन पुग्यो । उसलाई जीतका लागि तीन ओभरमा मात्र नौं रन आवश्यक थियो । तर सातौं ओभरमा तीन विकेट गुमाएपछि खेल क्रयाबको हातबाट फुत्किएको थियो । नरेश केसीको ओभरमा साथीले तीन विकेट लिन सफल भयो । नबौं ओभरमा पनि दुई विकेट गुमाएपछि साथीले गुमाइसकेको फाइनलमा उपाधि उचाल्न सफल भयो । 

साथीका लागि रुपेश थापा र नरेश केसीले दुई दुई विकेट लिए । यस्तै सुमन अधिकारी र आयुष कार्कीले एक एक विकेट लिए । 

दशैको अवसर पारेर आयोजना भएको प्रतियोगिताका संयोजक विक्रम शाहीले पहिलो संस्करण सफल रुपमा आयोजना भएकोमा खुसी ब्यक्त गरे । साथै उनले यो प्रतियोगिता बाल्टिमोर आगामी दिनमा अझ राम्रो तरिकाले गर्ने बताए । 

यस्तै ब्यवस्थापन टिमका श्याम रावतले आगामी संस्करणमा यसलाई अझ राम्रो बनाउनका लागि कोसिस गर्ने र अर्को संस्करण अझ उत्कृष्ठ हुने बताए । यस्तै बाबुराम अधिकारीले पनि यो पटक प्रतियोगिता गर्नका लागि केहि चुनौती भएपनि सफल रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गरे । 

प्रतियोगिताको उत्कृष्ठ ब्याट्सम्यान सुमीर श्रेष्ठ बने भने उत्कृष्ठ बलर तथा प्लेयर अफ दी सिरिज साथीका नरेश केसी बने । उत्कृष्ठ हुनेलाई लुम्बिनी अल स्टार्सका सहमालिक उत्सव सिग्देश, पत्रकार रोशनबहादुर सिंह र यतीजका ब्यवस्थापक सदस्यले संयुक्त रुपमा पदक बितरण गरेका थिए । 

प्रतियोगितामा बाल्टिमोरमा रहेका चार क्रिकेट टिमको सहभागिता रहेको थियो । 

 

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - ०८:०६:०४ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend