Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८०
images
काठमाडौंमा  दुर्गा प्रसाईंलाई कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। 

काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक अज्ञात समूहले कालोमोसो दलेका हुन्।

 

प्रसाईंले आफैले पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेको होटल बाहिर कालोमोसो लगाईदिएका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो।

 

लगत्तै प्रसाईंलाई प्रहरीको एक टोलीले उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको बुझिएको छ ।

 

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

 

प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने खुलेको छैन। कसैले जिम्मा लिएका छैनन् । 

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १७:०३:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend