जिन्दगीको कथामा कमा भर्न बाँकि रह्यो
अधुरो सपनामा पूर्णबिराम टर्न बाँकि रह्यो
संघर्ष अध्यायमै अल्प र पूर्णबिराम लाग्दा
बाआमाको ओठमा हाँसो छर्न बाँकि रह्यो
बाध्यता रहर ठानि गाउँ शहर देशै छोड्दा
खान दिन पुग्ने सपना पुरा गर्न बाँकि रह्यो
बिक्न बजारमा सिक्न देश-बिदेश लाग्दा
स्वचालित मेसिनमान्छेहरु मर्न बाँकि रह्यो
गोहिआँशु झार्छन कोहि मान्छे कठोर बन्दा
मानवता मिसिएको आशु झर्न बाँकि रह्यो
घटना परिघटनामा हमास हमला खेप्नु पर्दा
बाआमाको पुत्रबियोग पीडा हर्न बाँकि रह्यो!!