Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा ग्यास स्टेशन किन्दा ध्यान दिनुपर्ने कुरा

अमेरिकामा ग्यास स्टेशन किन्दा ध्यान दिनुपर्ने कुरा

सतीश चापागाईं

२०, भाद्र २०७५
images
सरोज सिग्देल संयुक्त राष्ट्रसंघको ‘मिलेनियम समिट २०००’ पश्चात् विश्व खुला बजारीकरणमा विकसित भएको पाइन्छ । विश्व एक खुला बजारको रुपमा विकसित भएसँगै बढ्दो विश्वव्यापीकरणले गर्दा वस्तु, सेवा र मानिसहरुको आवतजावतमा तीव्रता आएको थियो । तसर्थ, मानिसहरुले शिक्षा, रोजगारी, व्यापार विस्तार, लगानीका लागि विश्वभरका बजारको तुलना गर्ने क्रम शुरु भयो । त्यसमध्येको एक उत्तर अमेरिका पनि व्यापार–व्यवसायको हिसाबले निकै राम्रो मुलुक हो । खुला बजार, व्यापारका लागि अनुकूल अर्थनीति र स्थिर बजार, लगानीको सुरक्षा र सकारात्मक आर्थिक परिसूचकका कारणले जोसुकै नेपाली व्यापार–व्यवसायमा आफ्नो पहिचान स्थापित गर्न आतुर देखिन्छन् । तर, हामीजस्ता सानो पूँजी र सामान्य ज्ञान भएका आप्रवासीहरुका लागि धेरै चुनौतीहरुको सामना गर्दै बजार स्थापित गर्ने कुरा त्यति सजिलो भने अवश्य पनि छैन । अमेरिकामा बसोवास गर्ने दक्षिण एसियाली मूलका हामीहरुबीच एक प्रचलित व्यवसायका रुपमा ग्यास स्टेशन, कन्भिनियन्स स्टोर पर्दछ । संख्यात्मक रुपमा सबैभन्दा धेरैको लगानी भएको यो व्यवसाय सानो पूँजीबाट पनि स्थापना गर्न सकिने र तुलनात्मक रुपमा कम जोखिमको क्षेत्रको रुपमा मानिन्छ । अमेरिकाको व्यस्त जीवनशैली, सुविधाभोगी दैनिकी अनि सवारीका लागि यहाँ निजी गाडीहरुको अत्यधिक प्रयोग हुने गर्दछ । साधनहरुको अत्यधिक प्रयोगका कारण ग्याँस स्टेसनहरुले यसको प्रत्यक्ष लाभ लिइरहेका छन् । ग्याँस स्टोरमा जाने मानिसहरुको कुनै कमी छैन र लक्षित समुदायको मागअनुसारको सेवा र सुविधा प्रदान गर्न सकेको खण्डमा यस व्यापारबाट राम्रो आम्दानी हासिल गर्न सकिन्छ । त्यसैले ग्याँस स्टेशन खरिदपूर्व हामीले तल उल्लिखित निम्न विषयमा विचार पु¥याउनुपर्ने हुन्छ । खरिद मूल्य सस्तोमा किनेर महँगोमा बेच्न सक्नु नै सफल व्यवसायी हुनु हो । सन् २०१६ पछि अमेरिकाको अर्थतन्त्रमा सुधार भएकाले पर्चेज पावर बढेको हुँदा हाल व्यापार–व्यवसायहरु राम्रो अवस्थामा छन् । जसको कारणले गर्दा व्यवसायको मूल्य उच्च बिन्दुमा छ । साथै, हालै गरिएको ब्याजदर परिवर्तनले गर्दा भाडा वा मोर्गेज महँगा तिर्नुपर्ने अवस्था छ । सुरुमा गरिने लगानी नै सबैभन्दा महत्वपूर्ण पक्ष हुने भएकाले त्यसमा निकै ध्यान दिनुपर्ने देखिन्छ । व्यवस्थापन कुनै व्यवसायमा खरिद गर्नु मात्रै ठूलो कुरा होइन । त्यसलाई कसरी नाफामा चलाउन सकिन्छ त्यो महत्वपूर्ण पक्ष हो । खरिद गरिसकेपछि व्यवसायलाई मैले कुन रुपबाट लान सक्दछु । यसको आन्तरिक र बाह्य पक्षको व्यवस्थापन कुन रुपबाट गर्छु । खर्चको व्यवस्थापन कसरी गर्छु वा भनौं कम खर्चमा कुशल व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसबारे राम्रोसँग जान्नु आवश्यक छ । नत्र लगानी कम नै प¥यो भने पनि सञ्चालन खर्च अत्यधिक हुन जाँदा त्यो व्यवसाय नाफा नभई घाटामा जाने सम्भावना बढी रहन्छ । अझ लगानी नै बढी गरिएको छ भने यसमा अझ बढी ध्यान दिनु आवश्यक रहन्छ । किनकि सुरुमै लगानी बढी गर्नु भनेको प्रतिस्पर्धी क्षमतालाई कम गर्नु हो, अर्थात् चाहेर पनि अर्को प्रतिस्पर्धीभन्दा कम मूल्यमा सामान विक्री गर्न अप्ठ्यारो अवस्था निर्माण गर्नु हो । स्थानको आँकलन ग्याँस स्टेशन वा भनौं कन्भिनियन्स स्टोरका लागि कम्युनिटी हुनुले ठूलो अर्थ राख्दछ । घरायसी प्रयोजनका सामानका साथै स्न्याक्स अनि सोडा बियर लगायतका पेय पदार्थको विक्रीले ग्याँस स्टेशनको व्यापार निर्भर रहेको हुन्छ । यसका लागि ग्याँस स्टेशन वा कन्भिनियन्स स्टोर नजिक कम्युनिटी छ भने निकै फाइदा पुग्दछ । अर्कोतर्फ भित्री सडकको दायाँबायाँ वा मेन हाइवे एक्जिट नजिक ग्याँस स्टेशन हुँदा पनि त्यसले व्यापारको सम्भावनालाई बढाएको हुन्छ । समुदायको उपस्थिति अर्को महत्वपूर्ण पक्ष भनेको हामीले लिन लागेको वा खोल्न खोजेको ग्याँस स्टेशननजिक कुन कम्युनिटीका मानिसको बसोवास बढी छ, त्यसका बारेमा समेत जान्नु जरुरी छ । यसले पनि ठूलो प्रभाव पारेको हुन्छ, जुन समुदायको बाक्लो उपस्थिति छ, त्यही समुदायलाई केन्द्रित गरेर व्यापार गर्दा उत्तम हुने देखिन्छ । अमेरिकामा सबैका रोजाइँ फरक छ, जीवन जिउने शैली पनि फरक छ । त्यसका बारेमा जानेर व्यवसाय गर्दा सजिलो हुन सक्दछ । भविष्यका सम्भावित नीति र अवस्था हुन त हामी नेपाली अझै यहाँको मूलधारमा आइसकेका छैनौं । यहाँको भन्दा हामीलाई नेपालकै बारे बढी जान्ने चाहना रहेको हुन्छ, हामीले खबरहरु पनि त्यतातिरकै बढी हेर्ने र सुन्ने गर्छौं । पसलमै आउने अमेरिकाका पत्रिका पनि कम मात्रा पढ्छौं । यसबारे किन चर्चा गरिएको हो भने हामीले यहाँको सूचना जान्न वा बुझ्न जरुरी छ । यसले हाम्रो जीवनमा ठूलो अर्थ राख्दछ । हामी बसिरहेको ठाउँमा के भइरहेको छ भन्ने कुराले अर्थ राखेको हुन्छ । चलाइरहेका हाम्रा ग्याँस स्टेशन नजिक के भइरहेको छ, त्यो जान्दा धेरै सहज हुन्छ । खरिद गर्न लागेको ग्याँस स्टेशन भएको लोकेशन वरपर के हुँदैछ, कतै नजिकै केही समयमै बिग कम्पनी त आउँदै छैन ? यसबारे पनि जान्न आवश्यक छ । हाइवेको छेउछाउ छ भने त्यहाँ सरकारले केही निर्माण त गर्दै छैन, अहिले भएका एक्जिट पोइन्ट बन्द त हँुदै छैन, यसबारे जान्नु जरुरी छ । अहिले चलिरहेको नीति–नियम मात्र होइन अब आउन सक्ने नीतिका बारेमा समेत थोरै–धेरै जान्ने प्रयत्न गर्नु आवश्यक छ । जसले भविष्यको जोखिमलाई कम गर्न सहयोग पु¥याउँछ । बढ्दो प्रतिस्पर्धा हाल बजार र पर्चेज पावर राम्रो भएका कारणले ठूला लगानीका चेन स्टोरहरु ओभर एक्साइटेड भएको र वालमार्ट जस्ता ग्रोसरी स्टोरहरु पनि यस किसिमको व्यवसायमा आकर्षित भई धमाधम ग्याँस स्टेशनहरु खोलिरहेको र अनलाइन व्यवसायीहरु पनि यसप्रति आकर्षित भएको अवस्था छ । पर्याप्त पूँजी, प्राविधिक क्षमताका साथै चलेका ब्राण्ड भएकाले उनीहरुसँग प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन । प्राविधिक विकास प्रविधिमा तीव्र परिवर्तनका कारण सिस्टम अपडेट अनिवार्य भइसकेको छ । अपडेट नगरे स्टोरहरु खरिद गर्दा जगेडा पूँजी आवश्यक पर्दछ । रजिष्टर अपडेट गर्न न्यूनतम ७ हजार प्रति रजिष्टर, नयाँ पम्पका लागि १०–१५ हजार प्रतिपम्प खर्चिनुपर्ने अनिवार्य भइसकेको छ । सन् २०२० पछि ब्याङ्क पनि अपग्रेड गर्ने प्रस्ताव भइसकेको छ, जुन कुरा पारित भएमा प्रति ब्याङ्क ८० हजारदेखि १ लाख डलरसम्म खर्चिनुपर्ने हुन सक्छ । साथै बजारसँग प्रतिस्पर्धी हुन एलईडी लाइट अपग्रेड गर्नुपर्ने हुन्छ, जसका लागि स्टोरको साइजअनुसार १० देखि २५ हजार अमेरिकी डलर लाग्छ । वैकल्पिक ऊर्जाप्रतिको आकर्षित स्मार्ट कारको माग बढ्नु, सोलार पावर, अत्यधिक प्रयोग र न्यूक्लियर पावरप्रतिको आकर्षणले गर्दा अबको केही दशकमा बजार कुन दिशामा जान सक्छ भन्ने कुराको ज्ञान पनि अपरिहार्य छ । उत्तर अमेरिका व्यापार–व्यवसाय स्थापना गर्न र विस्तार गर्नका लागि उचित बजार हो । माथि उल्लिखित कुुराहरुमा ध्यान दिंदै व्यवसायलाई मेहनत, लगनशीलता, कटिबद्ध भएर सञ्चालन गर्ने हो भने अवश्य पनि सफलता हासिल गर्न कठिन छैन । तसर्थ, सबैले आआफ्नो स्थापना वा आआफ्नो पेशालाई व्यवसायमा परिवर्तन गर्न सकिन्छ । जसका लागि उचित सोच र दृढ संकल्पको खाँचो छ । जुन कुरा हामीमा छ । त्यसैले आजबाटै पेशाअनुसारको व्यवसायको स्थापना गरी आर्थिक समृद्ध समुदायमा रुपान्तरण गर्न सकिन्छ । (यो लेख विश्वन्युज डटकमबाट लिईएको हो -सम्पादक )

images
प्रकाशित मिति :भाद्र २०, २०७५ बुधवार - २२:२१:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend