Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नयाँ राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा सम्पन्न

नयाँ राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा सम्पन्न

नेप्लिज डायस्पोरा

२७, आश्विन २०८०
images
नयाँ राहदानीको लागि पोल्याण्डमा तीन दिने घुम्ती सेवा सम्पन्न

पोल्याण्ड  । बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्यदूतावासको सहकार्यमा विद्युतीय  राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ।  जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा समन्वय पोल्याण्डका लागि अवैतनिक वाणिज्यदूत डा. बोधराज सुवेदीले गरेका थिए  ।

पोल्याण्डको राजधानी वार्सामा अक्टोवर ७ देखि ९ सम्म संचालन भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीको लागि आवेदन दिएका छन्।  पोल्याण्डमा रहेका नेपालीहरुको नयाँ राहदानी बनाउन वायोमेट्रिक संकलनको लागि परराष्ट्र मन्त्रालय नेपालद्वारा वर्लिनस्थित नेपाली दूतावास र पोल्याण्डको लागि अवैतनिक वाणिज्यदूतावासको रोहबरमा घुम्ती सेवा संचालन गर्ने सम्बन्धि निर्णय बमोजिम सो सेवा सम्पन्न भएको हो।

सन् २०२४ सेप्टेम्वर ३० सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि घुम्ती सेवा गरिएको हो।   पोल्याण्डमा नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरु राहदानी साथै अन्य कागजपत्रको लागि बर्लिनस्थित नेपाली दूतावास धाउनु पर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ । घुम्ती सेवा सम्पन्न गर्नका लागि जर्मन दूतावासबाट खटिएर श्रीमती नानु थापा आएकी थिइन् ।

गैर आवासीय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डका पदाधिकारीहरुको सक्रिय सहभागिता  ( उपाध्यक्ष कुल वहादूर श्रेष्ठ, महासचिव पवन खड्का, सचिव उदयराज गिरी, सदस्य प्रजल रेग्मी र विवस हाडॅराई, जीवन लुईटेल, यूवराज वराल) तथा  सहकार्यमा आजित घुम्ती शिविरमा  पोल्याण्डमा रहेका समाजसेवीहरु डा. एलिनी पोख्रेल सुवेदी ( एनआरएनए  आइसिसी महिला सचिव) , मित्रलाल पार्दे (ईनास ग्लोवलका सल्लाहकार), सुसन परियार ( अन्तरराष्ट्रीय साहित्य समाज पोल्याण्डका अध्यक्ष) ,विवेक पौडेल ( ईनास पोल्याण्डका अध्यक्ष) , भिम परियार ( जनसम्पर्क समिति पोल्याण्डका अध्यक्ष), सुरेन्द्र् आचार्य ( जना सम्पर्क  समिति पोल्याण्डका महामन्त्री), आशिष  श्रेष्ठ  ( जनसम्पर्क समिति पोल्याण्डका सचिव तथा प्रवक्ता), निश्चल सुवेदी, सर्वोदय थापा, श्रयास्कर शाह, लाल प्रसाद निउरे, शिवधर महतो, मुकुन्दहरि  चालिसे, अभिषेक अधिकारी, झलक पोखरेल, टेक व. खत्री , सागर भुजेल र मनिष दाहालसाथै अन्य स्वयंसेवकहरुले सक्रिय सहयोग गरेका थिए ।

 स्वयमसेवकहरुलाई खानाको व्यवस्था भान्छा रेष्टुरेन्टले गरेको थियो भने हलको सुविधा House of Culture, KADR ले उपलव्ध गराएको थियो। सो घुम्ती सेवामा म्याद सकिन लागेका पासपोर्टका साथसाथै हराएका, नाम बिग्रिएका नेपालीहरुले नयाँ पासपोर्टको लागि आवेदन दिएका छन्। यसरी आवेदन दिएका आवेदकहरुले दुई महिना भित्रमा पासपोर्ट प्राप्त गर्ने जानकारी अवैतनिक वाणिज्यदूत डा. सुवेदीले दिए।  पोल्याण्डका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरुलाई राहदानी तयार भएर आएपछि चाहनेहरूलाई उनीहरुकै ठेगानामा कुरियरद्वारा पठाइने व्यवस्था मिलाइ एको छ।  स्मरण रहोस्  बर्लिनस्थित नेपाली दूतावासले रोमानिया, चेक रिपव्लिक र हॅगेरीमा यस्ता सेवाको व्यवस्था गरिरहेको छ र गत अप्रिल १-३ मा पहिलोपटक पोल्याण्डमा यस्तो सेवाको संचालन  गरिएको थियो।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - १६:५५:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend