लामो समयदेखि अमेरिकामा हरेक साहित्यिका गतिविधिमा सक्रिय कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’
प्रकाशित भएको छ । शिखा बुक्स काठमाण्डौंले प्रकाशन गरेको संग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरु समावेश गरिएको छ । कथाहरु बारे आफ्नो भनाई लेख्ने क्रममा कथाकारले यस संग्रहमा समेटिएका कथाहरुलाई 'मूल प्रवाहभन्दा बाहिरका लय' भनेका छन । साथै, सोहि लयको समग्र रुप नै ‘पार्श्वधुन’ बताएका छन् ।
यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता- २’ संयुक्त गजलसंग्रह लगायतका पुस्तक प्रकाशित छन् । उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘ऑंगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादन समेत गरेका छन् ।