Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एसियन छनोटको दोस्रो चरणमा नेपालले पहिलो खेल यूएईसँग खेल्ने

एसियन छनोटको दोस्रो चरणमा नेपालले पहिलो खेल यूएईसँग खेल्ने

नेप्लिज डायस्पोरा

२, कार्तिक २०८०
images
एसियन छनोटको दोस्रो चरणमा नेपालले पहिलो खेल यूएईसँग खेल्ने

नेपालले विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्ने भएको छ । 

शुक्रबार सार्वजनीक तालिका अनुसार नेपालले यूएईसँग पहिलो अवे म्याच खेल्ने भएको हो । दुबईमा हुने खेल कात्तिक ३० गते खेल्नेछ ।

नेपालले दोस्रो चरणको दोस्रो खेल यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ ।

यस्तै, २०२४ को मार्च २१ मा नेपालले बहराईनसँग दशरथ रंगशालामा र मार्च २६ मा बहराईनसँग अवे म्याच खेल्नेछ । 

यस्तै, नेपालले यूएईसँगको होम म्याच भने जुन ६ मा दशरथ रंगशालामा र यमनसँगको अवे म्याच जुन ११ मा खेल्नेछ ।

दोस्रो चरणमा नेपाल रहेको समूहमा यूएई, यमन र बहराईन छन् । 

नेपालले विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई समग्रमा २–१ को गोल अन्तरमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।

नेपालले घरेलु मैदान दशरथ रंगशालामा १–१ गोलको बराबरी खेलेको थियो भने लाओससँग अवे म्याचमा १–० को जित हासिल गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

images
प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - १८:५५:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend