इजरायलमा भएको हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ ।
तेलअविवस्थित नेपाली दूताबासले दिएको जानकारी अनुसार सबै कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शव शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको बताएको छ । इजरायलबाट दुबई हुँदै काठमाडौंसम्म पुग्ने व्यवस्था मिलाइएको दुतावासले जनाएको छ ।
यसका साथै आक्रमणमा परेर सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।