Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रमेश विकलले पाएका पुरस्कार र सम्मान (समालोचनात्मक अन्वेशण पुस्तकबाट)

रमेश विकलले पाएका पुरस्कार र सम्मान (समालोचनात्मक अन्वेशण पुस्तकबाट)

नेप्लिज डायस्पोरा

४, कार्तिक २०८०
images
रमेश विकलले पाएका पुरस्कार र सम्मान (समालोचनात्मक अन्वेशण पुस्तकबाट)

रमेश विकलले पाएका पुरस्कार र सम्मान

साहित्यसेवा, समाज सेवा र भाषा संस्कृतिका क्षेत्रमा गरेको योगदानका लागि विकलले विभिन्न पुरस्कार तथा सम्मानहरू पाएका छन् । ती पुरस्कार तथा सम्मानहरूसरकारी निकाय, साहित्यिक सघसंस्था, प्राज्ञिक निकाय र जनस्तरबाट समर्पित गरिएका हुन् । विकलले आफ्ना वार्ताहरूमा साहित्यकारले पुरस्कारको लागि काम गर्ने होइन, कर्म मात्र गर्ने हो भन्ने अभिप्राय व्यक्त गरेको पाइन्छ। उनको स्वभाव पनि स्वाभिमानी खालको थियो । पुरस्कार र सम्मानप्रतिउनी अनुराग र आशक्ति देखाउँदैन थिए । साहित्यकारका लागि सबैभन्दा ठूलो सम्मान भनेको पाठकको माया हो, योभन्दा ठूलो कुनै मान, सम्मान वा सन्तोष हुन सक्दैन भन्ने उनको धारणा थियो । तैपनि उनको योगदानको कदर स्वरूप केही पुरस्कार, सम्मान, कदर र अभिनन्दन पाएका थिए ।

विकलले वि स २०१८ सालमा नयाँ सडकको गीतको लागि मदन पुरस्कार प्राप्त गरे । यो पुस्तक २०१९ मा प्रकाशित भएपनि पाण्डुलिपिलाई नै पुरस्कार समर्पित गरिएको थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०३८ सालमा महेन्द्र प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै २०४७ मा दोस्रो राष्ट्रिय फोटो प्रदर्शनी पुरस्कार तथा २०५२ सालमा नेपाल बालसाहित्य समाज पुरस्कार, २०५९ मा नूरगङ्गा स्मृति पुरस्कार र २०५९ मा साझा पुरस्कार पाएका थिए (हेमनाथ पौडेल, रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ १५) । साथै उनले २०५७ मा नूरगङ्गा पुरस्कार र २०५८ मा कृष्णमणि पुरस्कार पाएका थिए (डा.खगेन्द्रप्रसाद लुइटेल, ऐ पृ २५) । उनलाई तत्कालीन सरकारबाट विभूषण तथा पदकहरूशुभराज्याभिषेक पदक (२०३१) र गोरखा दक्षिणबाहु (२०५१) पाएका थिए ।

यसैगरी विभिन्न सङ्घ संस्था, प्रतिष्ठानबाट सम्मान, अभिनन्दन, कदर र पुरस्कारहरूउनलाई प्रदान गरिएको थियो । नेपाली आख्यान समाजबाट अभिनन्दन (२०५१), नेपाली साहित्य तथा कला निकेतन गुहाटीबाट सम्मान (२०५२), देवकोटा स्मारक साहित्य समाज कलैया बाराबाट अभिनन्दन (२०५२), आह्वान समूह परिवारबाट अभिनन्दन (२०५२), बुढानीलकण्ठ स्कुलबाट अभिनन्दन (२०५२), रोडियो नेपालबाट रेडियो प्रसार विकास सम्मान (२०५६), कविताराम बालसाहित्य सम्मान (२०५६), अरुणोदय मावि आरुबारीबाट अभिनन्दन (२०५७), राष्ट्रिय बालसृजना कार्यशाला गोष्ठीबाट अभिनन्दन (२०५८), प्रलेसद्वारा सम्मान (२०५९), रक्तकाली उच्च माविबाट कदर (२०५९), आँखाको नानी विद्यालय जोरपाटीद्वारा अभिनन्दन (२०५९), अभिनव साहित्य समाजबाट सम्मान (२०५९), साहित्यिक पत्रकार सङ्घद्वारा सम्मान (२०५९), वनिता साहित्यिक प्रकाशन, विराटनगरबाट सम्मान (२०६०), सयपत्री युवा क्लबद्वारा सम्मान (२०६०), गोपाल स्मृति कोष, गोैरबाट अभिनन्दन (२०६०), निर्माण प्रकाशनद्वारा सम्मान (२०६०), विद्या सदन विद्यालयद्वारा अभिनन्दन (२०६०), काठमाडौं पूवी क्षेत्रका जनताबाट उनको हीरक उत्सवका अवसरमा अभिनन्दन (२०६०), निर्माण प्रकाशनबाट अभिनन्दन (२०६०), सयपत्री युवा क्लव काभ्रेद्वारा सम्मान (२०६०), नयाँ बस्ती युवा क्लव जोरपाटीबाट अभिनन्दन (२०६१), केटाकेटी मासिकबाट अभिनन्दन (२०६१), गण्डकी साहित्य सङ्गमबाट सम्मान (२०६१), ह्वाइट हिल उच्च मावि श्रद्धासम्मान (२०६१), नेपाल राष्ट्र रेयुकाइ, बौद्धबाट सम्मान (२०६१), लिटिल एन्जेल्स स्कुलबाट अभिनन्दन (२०६२), पहलमानसिंह स्वार साहित्य प्रतिष्ठानद्वारा सम्मान (२०६२), शारदा नन्दन स्मृति पाठक पारितोषिक सम्मान (२०६२), साहित्य कुञ्ज, कीर्तिपुरबाट सम्मन (२०६२), यज्ञेश्वरी नवदुुर्गा भवानी मन्दिरद्वारा अभिनन्दन (२०६२), गोरखापत्र संस्थानद्वारा मधुपर्क सम्मान (२०६२), पानी पोखरी युवा क्लबबौद्ध, महाँकालबाट सम्मान (२०६३), बगर फाउन्डेशनबाट सम्मान (२०६३), केटाकेटी नेपाल प्रा लि बाट अभिनन्दन (२०६३), सूर्योदय आवासीय मा वि सम्मान (२०६३), अरुणिमा शैक्षिक प्रतिष्ठानबाट अभिनन्दन (२०६४), साहित्य सन्ध्या सम्मान (२०६४), सांस्कृतिक जागरण अभियानद्वारा सम्मान (२०६४), नेपाल स्रष्टा समाजबाट सम्मान (२०६५), नेपाल मेडिकल कलेजद्वारा सम्मान (२०६५) आदि मुख्य रहेका छन् (ऐ, पृ १५–१७) ।

साहित्य सेवाबापत सामाजिक सङ्घसंस्था, जनस्तर र सामुदायिक तहबाट यसरी कमै स्रष्टामात्र सम्मानित एवम् अभिनन्दित भएको पाइन्छ । जीवनकालमा यसरी पाएका सम्मानबाट थप सिर्जना गर्न स्रष्टालाई प्रोत्साहन पनि गरेको देखिन्छ ।

-गोपी मैनाली

images
प्रकाशित मिति :कार्तिक ४, २०८० शनिवार - ०१:०७:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend