डराउनु पर्छ
गाली गर्दा हाँस्ने संग डराउनु पर्छ
रोप्ने भन्दा मास्ने संग डराउनु पर्छ ।।
घातक हुन्न रुखाे बाेली चेपारेको भन्दा
स्वार्थी नाता गास्ने संग डराउनु पर्छ ।।
झणभरमै निभ्छ बरु आँखाको आगो
गोहिझैँ आँशु झार्ने संग डराउनु पर्छ ।।
जान्नन जन्त छिर्दैनन् अस्पतालमा ती
घाटमा घोचो घोच्ने संग डराउनु पर्छ ।।
साखुल्ले बन्दै हजुर त मेरै भनि भनि
पिठमा छुरा रोप्ने संग डराउनु पर्छ ।।
प्रभात र उज्यालोमा युद्ध बरु ठिक
साँझ भाले बास्याे भने डराउनु पर्छ ।।
-गोपीराम भण्डारी “बटुवा”