विश्वमा मानिसको मानसिक श्वास्थ्य समस्या निकै ठूलो बिषय हुँदै गएको छ । जसलाई धेरै अनुसन्धानकर्ताले चेतावनीका रुपमा पनि लिएका छन । त्यसमा पनि अमेरिकामा मेन्टल हेन्थ अर्थात मानसिक स्वास्थ्य यति ठूलो विषय बनेको छ की विभिन्न राज्यमा यसलाई ठूलो प्राथमिकतामा राखेर विभिन्न योजनाहरु अगाडी ल्याइएको छ ।
सन् २०२१ मा सार्वजनिक भएको एक अध्ययन अनुसार अमेरिकामा ५७ दशमलव ८ मिलियन युवाहरु मेन्टल हेल्थको शिकार भएको देखाएको थियो । यो रोगका कारण मानिसहरु डिप्रेसनमा जाने समस्या हुने गरेको छ । परिवारबाट टाढा रहेका मानिसहरुमा मेन्टल हेल्थको समस्या धेरै देखिने गरेको छ ।
मेन्टल हेल्थका विषयमा विभिन्न समयमा विभिन्न कार्यक्रमहरुको आयोजन गरेर मानिसहरुलाई सचेतना गर्ने कामहरु हुने गरेका छन । जसका लागि विभिन्न संस्थाहरुले यसको अगुवाई गरेका छन । यस्तैमा बाल्टिमोरमा पनि नेपालीहरुको संस्था बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका बानाले यहि बिषयमा आगामी शनिबार अर्थात अक्टोबर २८ तारिखमा मेन्टल हेल्थ सम्बन्धि कार्यक्रम गर्ने भएको छ ।
जसका लागि बानाले मानसिक स्वास्थ्य शिक्षा भनेर एक दिने कार्यक्रम गर्न लागेको हो । सो कार्यक्रममा नेपाली भाषी मानसिक स्वास्थ्य विशेषज्ञ डाक्टरहरुबाट परामर्स गरिने भएको छ । जसका लागि बानाले बाल्टिमोरमा रहेका सबै नेपालीलाई यो कार्यक्रममा सहभागि हुनका लागि आग्रह गरेका छन ।
यो कार्यक्रममा सहभागिताका लागि बानाले आवेदन खुल्ला गरेको छ । कार्यक्रम शनिबार बिहान साँढे १० बजेबाट सुरु हुनेछ भने दिउँसो साँढे तीन बजेसम्म चल्नेछ । कार्यक्रमका लागि बानाले जोपा रोडमा रहेको फेमिली किचेनको हललाई रोजेको छ ।
यो कार्यक्रममा धेरै नेपालीले सहभागिता जनाउनेमा बाना विश्वस्त रहेको छ । कार्यक्रमलाई बाल्टिमोर काउन्टिको सहयोग रहेको छ ।