एएनएका अध्यक्ष तथा संस्थागत आजीवन सदस्य खगेन्द्र अधिकारीले एनआरएनएको निर्वाचन पछिका गतिविधिले एनआरएनएका सदस्यहरुको टाउको निहुरिएको बताएको छन् । उनले यसलाई लाजको पसारो समेत भनेका छन् ।
हेर्नुहोस अधिकारीको टिप्पणी जस्ताको तस्तै:
पूर्व चर्तिकलाहरुका अतिरिक्त १० औं र ११ औं "एनआरएनए" विश्व सम्मेलन संग सम्बंधित गतिविधिको सारांश सहित संक्षिप्त प्रतिक्रिया
यो जो जस संग ससम्बंधित छ ।
लाजको पसारो, लुटेरा र गिरोह सोचमा आधारित भएर यसैमा नै आत्मरत्ती सहित रमाईलो संग आस्तावन बन्दै अपनाईएको अमर्यादित अनि ग़ैर ज़िम्मेदार पूर्ण कार्यशैलीको अप्रजातांत्रिक, अलोकतान्त्रिक र षड्यंत्रकारी कुसोचले सबै गैर आवासीय अभियानलाई मद्दत गर्ने हामी सबैलाई दु:खित बनाएको छ।
स्वच्छ र संस्थागत परिदृश्यमा फूटको समानांतर गतिविधि र अस्वस्थ, कुटिल र ब्यईमानी पूर्ण गुरिल्ला सिद्धांतको अनुसरणमा आधारित अलोकतांत्रिक राजनीतिक चालबाज़ी समाजमा समाजसेवी हुनको लागि उपलब्धिमुलक हुँन नसक्ने र गतिशील हुन पनि असंभव र घृणित अनि घटिया प्रवृत्तिको अनावश्यक साथ-साथै असामाजिक व्यवहार हो भनेर हामी सम्पूर्णले बुझ्न जरूरी छ।
यस प्रकारको सोचमा प्रतिबद्धता गरेर नेपाल र नेपाली अनि सम्पूर्ण स्वदेशी एवं प्रवासी नेपाली यानेकी गैर आवासीय नेपाली जनताहरुको विशुद्ध र पवित्र अभियानलाई कहाँ पुर्याउने हो ? यस अर्थमा यस संस्थालाई सुरक्षा साथ-साथै बचावट गर्नका खातिर समग्र गैर आवासीय अर्थात् प्रवासी नेपाली जनताहरु सचेत हुन जरुरी छ।
यस सम्मानित र निश्चित रुपमा निश्पक्ष एवं नितान्त सामाजिक सेवाको मर्मस्पर्शी सामुदायिक र सार्वजनिक बिस्वासको पवित्र भावनामा आधारित भएर गौरवशाली र गर्व गर्नलायक संस्थामा रुपान्तरण गर्न सबै सकारात्मक, साझेदारी साथै परिश्रमी बनौं।आगे आपकी मर्ज़ी!जय गैर आवासीय नेपाली संघ!❤️❤️
Wishing everyone a blissful Dashain 2080.
भवदीय,
खगेन्द्र अधिकारी
संस्थागत आजीवन सदस्य
एवं पूर्व विश्व सम्मेलन प्रतिनिधि
वासिंटन,जी. सी.
संयुक्त राज्य अमेरिका