Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेस्सीले जिते आठौँ पटक बालोन डी’ओर अवार्ड

मेस्सीले जिते आठौँ पटक बालोन डी’ओर अवार्ड

नेप्लिज डायस्पोरा

१४, कार्तिक २०८०
images
मेस्सीले जिते आठौँ पटक बालोन डी’ओर अवार्ड

अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् । गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय खेलाडीलाई सम्मान गरिएको हो ।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।  बालोन डी ओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।

मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी ओर अवार्ड जितेका छन् उनीपछि क्रिस्टियानो रोनाल्डोले यो पाँच पटक जितेका छन् । 

 

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - ०६:२१:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend