Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एलन मस्कले गुमाए २ खर्ब डलर

एलन मस्कले गुमाए २ खर्ब डलर

नेप्लिज डायस्पोरा

१४, कार्तिक २०८०
images
एलन मस्कले गुमाए २ खर्ब डलर

अमेरिकी खर्बपति व्यापारी एलन मस्कको सम्पत्ति २ खर्ब डलरभन्दा तल झरेको छ । 

मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले यो वर्षको तेस्रो त्रैमासमा अपेक्षा गरिएभन्दा कम मुनाफा कमाएको खबर आएयता कम्पनीको शेयर मूल्य निरन्तर घटिरहेको छ । यसैका कारण मस्कको सम्पत्ति घटेको हो ।

अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सका अनुसार सोमबार मस्कको नेटवर्थ १ खर्ब ९३ अर्ब डलर छ । सोमबार एकै दिन उनले ७ अर्ब १४ करोड डलर गुमाएका थिए । मस्कको सम्पत्ति २ खर्ब डलरभन्दा तल झरेको यो जुनको शुरुयता पहिलो पटक हो । टेस्लामा मस्कको १३ प्रतिशत हिस्सा छ । मस्कको अधिकांश सम्पत्ति टेस्लाको शेयरमै छ ।

कम्पनीको त्रैमासिक प्रतिवेदन सार्वजनिक भएयता मस्कले ४१ अर्ब डलर गुमाइसकेका छन् । प्रतिवेदन आउनु अघि उनको नेटवर्थ २ खर्ब ३४ अर्ब डलर थियो । अक्टोबर १८ मा त्रैमासिक प्रतिवेदन सार्वजनिक भएयताटेस्लाको शेयर मूल्य झन्डै १० प्रतिशतले घटेको छ । सोमबारको कारोबारमा समेत कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ दशमलव ८ प्रतिशतले घटेर १ सय ९७  डलर ३६ सेन्टमा आएको थियो ।

मस्कको नेटवर्थ सन् २०२१ मा पहिलो पटक २ खर्ब डलर नाघेको थियो । सोही वर्ष नोभेम्बरमा उनको नेटवर्थले ३ खर्ब ४० अर्ब डलरको कीर्तिमानी उचाइ छोयो ।

टेस्लाको शेयरमा आएको हलचलका कारण त्यसयता भने उनको नेटवर्थमा उतारचढाव देखिएको छ । नेटवर्थ घटेपनि मस्क ब्लुम्बर्गको अर्बपतिको सूचिमा अहिले पनि सबैभन्दा माथि नै छन् ।

प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १६:४९:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend