Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

२०३४ को फिफा विश्वकप फुटबल आयोजना साउदी अरबले गर्ने

२०३४ को फिफा विश्वकप फुटबल आयोजना साउदी अरबले गर्ने

नेप्लिज डायस्पोरा

१४, कार्तिक २०८०
images
२०३४ को फिफा विश्वकप फुटबल आयोजना साउदी अरबले  गर्ने

२०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरबले आयोजना गर्ने भएको छ ।

फिफाले यसअघि नै २०३४ को विश्वकप एसिया वा ओसियन मुलुकमा गर्ने बताएको थियो । जसअनुसार साउदी र अस्ट्रेलिया त्यसका दाबेदार थिए ।

तर, दाबी प्रस्तुत गर्ने अन्तिम दिन मंगलबार अस्ट्रेलियाले दाबी नगर्ने बताएसँगै अब साउदीले विश्वकप आयोजना गर्ने पक्का भएको हो । 

२०२६ को विश्वकप फुटबल क्यानडा र अमेरिकाले आयोजना गर्दै छन् भने २०३० को विश्वकप मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेले आयोजना गर्ने छन् ।

 

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १८:३२:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend