Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नोभेम्बर ५ मा नेपाल रनको दोस्रो संस्करण हुने

नोभेम्बर ५ मा नेपाल रनको दोस्रो संस्करण हुने

नेप्लिज डायस्पोरा

१५, कार्तिक २०८०
images
नोभेम्बर ५ मा नेपाल रनको दोस्रो संस्करण हुने

नोभेम्बर ५ तारिखमा बेलायतको लण्डनमा दोस्रो नेपाल रन हुने भएको छ ।

इङल्याण्ड एथलेटिक्समा आवद्ध संस्थाले आयोजना गरेको १० किलोमिटर लामो दौड नर्थोल्टस्थित नर्थाला फिल्ड पार्कमा बिहान १० बजे शुरु हुने छ ।

दौडमा मुख्य अतिथि कीर्तिमानी अल्ट्रा म्याराथन धावक मीरा राई र अल्ट्रा म्याराथन धावक तेन्जी शेर्पा रहेका छन ।

आयोजकहरूका अनुसार सो दौडमा हालसम्म २५९ धावकले नाम दर्ता गरिसकेका छन् । दौडमा भाग लिन चाहनेहरूले विहीबार २ नोभेम्बरसम्म नेपाल रनको वेभसाइटमा गई नाम दर्ता गराउन सक्नुहुनेछ ।

दौडमा भाग लिनका लागि नेपाल रन युकेका सदस्यहरूलाई २० पाउण्ड, इङ्ल्याण्ड एथलेटिक्स आवद्ध सदस्यहरूलाई २३ पाउण्ड र बाँकीलाई २५ पाउण्ड शुल्क तोकिएको छ । साथै १ पाउण्ड प्रशासनिक खर्च लाग्ने छ ।

दौडको मुख्य प्रायोजक एस्टार फाइनान्सियल सोल्युसन्स रहेको छ ।  

दौडमा विजेतालाई अन्नपूर्ण म्याराथन २०२४ मा दौडने मौका दिइने छ भने मुख्य विधामा पहिलो, दोस्रो र तेस्रो हुने महिला र पुरुषलाई ट्रफी दिइने छ भने ४० वर्ष माथिका भेट्रानतर्फ महिला र पुरुष विजेतालाई ट्रफी दिइनेछ । सुपर भेट्रान ६० वर्षमाथिका महिला पुरुष विजेतालाई ट्रफी दिइने छ ।

नेपाल रनका कोच सन्तोष राईले यसपटक विगतको दौडबाट सिकेको पाठलाई ग्रहण गर्दै दौडलाई थप व्यवस्थित बनाइएको जानकारी दिए । उनले दौडमा स्वास्थ्यसम्बन्धी आउनसक्ने समस्यालाई विचार गर्दै पर्याप्त चिकित्सक र नर्सहरूको ब्यवस्था गरिएको बताए ।

नेपाल रन युकेका कोअर्डिनेटर पाण्डव महतोले नेपाल रन बेलायतको नेपाली समुदायमा स्वास्थ्य र तन्दुरूस्ती बारेमा जनचेतना जगाउन आयोजना गरिएको बताए । 

तस्विर:वीनेपाली

images
प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - ०३:५५:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend