Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

हमास र इजरायलबिचको युद्धमा ३१ जना पत्रकारले ज्यान गुमाए

हमास र इजरायलबिचको युद्धमा ३१ जना पत्रकारले ज्यान गुमाए

नेप्लिज डायस्पोरा

१५, कार्तिक २०८०
images
हमास र इजरायलबिचको युद्धमा ३१ जना पत्रकारले ज्यान गुमाए

हमास र इजरायलबिचको युद्धमा परेर अहिलेसम्म ३१ पत्रकारले ज्यान गुमाएका छन । दी टाइम्स अफ इजराइलले जनाएअनुसार ज्यान गुमाउनेमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् ।

यसका साथै आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) को प्रतिवेदन उद्धृत गर्दै टाइम्स अफ इजराइलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ ।

ती पत्रकारहरूमध्ये २६ जना गाजाले गाजामा ज्यान गुमाएको बताइएको छ । अक्टोबर ७ मा मात्र इजराइलमा हमासको हमलाका क्रममा चार जना मारिएका थिए ।

हिज्बुल्लाहलाई लक्षित गरी गरिएको इजराइली गोलाबारीमा लेबनानमा एक पत्रकारको मृत्यु भएको थियो ।

“सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ”, सीपीजेले जनाएको छ । 

तस्विर स्रोत: सीएनएन

images
प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - ०४:०२:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend