Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

श्रीलंकन क्रिकेट बोर्ड निलम्बनमा

श्रीलंकन क्रिकेट बोर्ड निलम्बनमा

नेप्लिज डायस्पोरा

२०, कार्तिक २०८०
images
श्रीलंकन क्रिकेट बोर्ड निलम्बनमा

श्रीलंकाको खेलकुद मन्त्रालयले त्यहाँको राष्ट्रिय क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । गत वर्ष श्रीलंकामा भएको टी-ट्वेन्टी विश्वकपको विषयमा अडिट रिपोर्ट सार्वजनिक भएपछि त्यहाँको समिति निलम्बन गरिएको हो ।

खेलकुदमन्त्री रोशन रानासिंगेले सोमबार सूचना जारी गर्दै अन्तरिम अध्यक्षसहित समिति बनाएको जानकारी दिएको छ । नयाँ समितिमा तीन पूर्वन्यायाधीशसमेत छन् । अब अडिट रिपोर्टको विस्तृत अनुसन्धानपछि पहिलेको बोर्ड सदस्यहरुलाई कारबाही हुनेसम्मको चेतावनी मन्त्रालयको सूचनामा छ ।

सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा टिमका सदस्य रहेका अर्जुना रनातुंगाको अध्यक्षमा अहिले नयाँ टिम बनेको छ । अन्तरिम समितिमा सात सदस्य छन् । त्यहाँको सरकारले भ्रष्टाचार र अनियमितताका कारण बोर्ड निलम्बन गरेको जनाएको छ ।

क्रिकेट बोर्डप्रति देशव्यापी आक्रोश बढेपछि मन्त्रालयले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आईसीसी क्रिकेट विश्वकपमा आज श्रीलंकाले बंगलादेशको सामना गर्दै छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - १५:११:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend