नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ कप्तानमा अलराउन्डर इन्दु वर्मा नियुक्त भएकी छिन् ।
नेपाल क्रिकेट संघले बिहिबार हङकङमा हुने चार देशसम्मिलित टि २० अन्तर्राष्ट्रिय शृंखलाका लागि सार्वजनिक गरेको नेपाली टोलीमा इन्दुलाई कप्तानको जिम्मेवारी दिइएको छ ।
यस्तै क्यानले नेपाली टोलीको उपकप्तानमा बायाँ हाते ब्याटर विन्दु रावललाई नियुक्त गरेको छ । यसअघि लामो समयदेखि नेपाली टोलीकि नियमित कप्तान रहँदै आएकि रुबिना क्षेत्री भने सदस्यको रुपमा टोलीमा समावेश छिन् । पुर्व उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्यको रुपमा समावेश छिन् ।
क्यानले घोषणा गरे अनुसार कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिनले पहिलो पटक राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाएका छन् । नेपालले हङकङमा घरेलु जापान र तान्जानिया गरि चार देशसम्मिलित टि २० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ ।
उक्त शृंखला कात्ति २९ देखि मंसिर ३ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल नोभेम्बर १५ मा तान्जानिया, दोस्रो खेल १६ नोभेम्बरमा घरेलु टोली हङकङ र तेश्रो खेल १८ नोभेम्बरमा जापानसँग खेल्नेछ। त्सपछि फाइनल र तेस्रो स्थानको लागि १९ नोभेम्बरमा खेल हुनेछ ।