Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कुटनीतिक मामिलाका विज्ञ सनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिश

कुटनीतिक मामिलाका विज्ञ सनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिश

नेप्लिज डायस्पोरा

२३, कार्तिक २०८०
images
कुटनीतिक मामिलाका विज्ञ सनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिश

काठमाडौँ । कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली काँग्रेसका युवा नेता सनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिश भएका छन् । 

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशीता, सञ्चारलगायतका विषयमा विज्ञका रुपमा काम गर्दै आएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका थिए । 

उनले काँग्रेसमा संसद, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रुपमा परामर्श दिने गरेका थिए । 

उनले दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । 

त्रिभुवन विश्वविद्यालयबाटै मानवीकि संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन । 

युरोपेली मुलुक मध्ये सबैभन्दा धेरै नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा समस्या भएको भन्दै त्यहाँस्थीत नेपालीले तत्काल दूतावास स्थापना गर्दा दवाव दिदै आएका थिए । 

मन्त्रीपरिषद्को यो निर्णयले पोर्चुगलमा रहेका नेपालीले खुशी व्यक्त गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । पोर्चुगलमा ६० हजार भन्दा बढी नेपाली रहेको बताइएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - २०:००:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend