Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेपाल सुपर लिगका लागि ड्रोग्वा नेपाल आउने

नेपाल सुपर लिगका लागि ड्रोग्वा नेपाल आउने

नेप्लिज डायस्पोरा

२३, कार्तिक २०८०
images
नेपाल सुपर लिगका लागि ड्रोग्वा नेपाल आउने

चेल्सीका लिजेन्ड खेलाडी डिडियर ड्रोग्बा दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उद्घाटनका लागि नेपाल आउने भएका छन् । आइभोरी कोस्टका पूर्वकप्तान रहेका ड्रोग्बा नेपाल आउने र प्रतियोगिता उद्घाटन गर्ने जानकारी बिहीबार आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले दिएको हो ।

उनको नाममा रहेको डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएल मिलेर हालै जाजरकोटमा भएको भूकम्पपीडितका लागि २० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषलाई प्रदान गर्ने पनि जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएलबीचको प्रयासले खेलकुद र खाँचोमा परेकालाई सहयोग गर्न एकजुट भएको उदाहरणका रूपमा काम गर्छ ।’

एनएसएलको दोस्रो संस्करण मंसिर ९ देखि हुनेछ । पुस २१ सम्म चल्ने प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहनेछ । ड्रोग्बा चेल्सीका सर्वाधिक गोल गर्ने विदेशी खेलाडी हुन् । दुईपल्ट अफ्रिकी वर्ष खेलाडी घोषित ड्रोग्बाले चेल्सीबाट कुल १ सय ४ गोल गरे ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - २३:०९:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend