Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

परदेशी २ मध्यपूर्वमा आगामी मंसिर २३ गतेदेखि रिलिज हुने

परदेशी २ मध्यपूर्वमा आगामी मंसिर २३ गतेदेखि रिलिज हुने

नेप्लिज डायस्पोरा

२५, कार्तिक २०८०
images
परदेशी २  मध्यपूर्वमा आगामी मंसिर २३ गतेदेखि रिलिज हुने

 

काठमाडौं । नेपाली दर्शकमाझ रुचाइएको फिल्म ‘परदेशी २’ आगामी मंसिर २३ गते (२३ नोभेम्बर)मा मध्यपूर्वमा रिलिज हुने भएको छ ।

अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो फिल्मलाई पाँच मुलुकमा रिलिज गर्न लागेको जनाएको छ ।

वितरक रमेश ढकालका अनुसार कतार, युएई, बहराइन, कुवेत र ओमानमा फिल्म रिलिज निश्चित भएको हो ।

त्यहाँका ठूला मल्टिप्लेक्स चेनहरु भक्स, स्टार, सिने रोयल, सिने पोलिस, सिननेको र नोभामा फिल्म प्रदर्शन हुने जनाइएको छ । दशैं छेकोमा नेपालमा रिलिज भएको यो फिल्म अहिले पनि नेपालमा चलिरहेको छ ।

परदेशिएका नेपालीको कथा ब्यथा समेटिएको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी’को दोस्रो श्रृंखला हो ।

images
प्रकाशित मिति :कार्तिक २५, २०८० शनिवार - १९:१४:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend